मुख्य समाचार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरे
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरे

: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरेको छ। आईसीसीको विधान अनुसारको भूमिका निर्वाह गर्न नसकेको र पटक पटकको निर्देशनलाई पनि अवज्ञा नगरेको भन्दै आईसीसीको बोर्ड बैठकले अमेरिकाको सदस्यता निलम्बन गरेको हो।

अमेरिकी क्रिकेट बोर्डले आफ्नो संरचनामा सुधार नगरेको, आफ्नो ओलम्पिक तथा पारालिम्पिक कमिटीसँग राष्ट्रिय निकायको मान्यता लिन चासो नदिएको र विभिन्न क्रियाकलाप गर्दै विश्व क्रिकेटलाई नै बदनाम पार्ने काम गरेको आरोप आईसीसीले लगाएको छ।


क्रिकेट बोर्ड निलम्वित भए पनि अमेरिकी राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। टोलीको व्यवस्थापन अस्थायी रूपमा आईसीसी र उसले तोकेको प्रतिनिधिले गर्नेछ। सन् २०२८ मा लसएञ्जलसमा हुने ओलम्पिकलगायतका प्रतियोगिताको तयारी पनि आईसीसीको प्रत्यक्ष निगरानीमा हुनेछ।


आइसीसीले ‘नर्मलाइजेसन कमिटी’ गठन गरी अमेरिकी क्रिकेटलाई आवश्यक सुधारको कदम चाल्न निर्देशन दिने र त्यसको प्रगतिलाई हेरेर आगामी निर्णय गरिने जनाएको छ। यसअघि सन् २०२४ को वार्षिक साधारणसभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’ मा राखिएको थियो। बोर्डले निर्देशन अनुसारका सुधार नगरेकाले अहिले सदस्यबाट निलम्बन गरिएको हो।

आईसीसीले सन् २०१६ देखि २०१९ सम्म नेपाल क्रिकेट संघ (क्यान) लाई पनि निलम्बन गरेको थियो। सन् २०१९ मा क्यानमाथिको निलम्बन फुकुवा भएको थियो। सन् २०२२ मा कन्ट्रोल फन्डिङको व्यवस्था पनि आईसीसीले हटाएको थियो। नेपाली टोलीले पनि क्यान निलम्बनका बाबजुद अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...