मुख्य समाचार
बंगलादेशलाई हराउँदै भारत एसिया कप २०२५ को फाइनल प्रवेश
बंगलादेशलाई हराउँदै भारत एसिया कप २०२५ को फाइनल प्रवेश

: बंगलादेशलाई हराउँदै भारत एसिया कप २०२५ को फाइनल प्रवेश गरेको छ। बंगलादेशलाई ४१ रनले हराउँदै भारतले एक खेल अगावै फाइनलमा स्थान बनाएको हो।

फाइनलमा स्थान बनाउँदासम्म भारत अपराजित रहेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।

भारतले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १२७ रन बनाउँदै अलआउट भयो।


बंगलादेशका लागि ओपनर ब्याटर सैफ हसनले सर्वाधिक ६९ रनको पारी खेले। उनले ५१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। परवेज होसेन इमोनले २१ रन बनाउँदा अन्य कुनै पनि ब्याटरको ब्याटबाट दोहोरो अङ्कको रन बनेन।
बलिङमार्फत १७० भन्दा कम आँकडामा भारतलाई रोकेको बंगलादेशले ब्याटिङमा भने प्रदर्शन गर्न सकेन। दुई ब्याटरभन्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन नसक्नु नै बंगलादेशको लागि हारको कारण बन्यो।

भारतको लागि कुलदिप यादवले सर्वाधिक ३ विकेट लिए। जसप्रति बुमराह र वरुण चक्रवर्तीले समान २-२ विकेट लिँदा अक्षर पटेल र तिलक बर्माले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७५ रनको पारी खेले। उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। भारतका लागि पहिलो विकेटका लागि सुभ्मन गिल र अभिषेक शर्माले ७७ रनको साझेदारी गरेका थिए। ११. १ ओभरमा रनआउटको रुपमा पेभेलियन फर्किएका अभिषेकले ब्याटिङ गरिरहँदा भारतको अनुमानित रन १९० माथिको थियो। आक्रमक स्वभावमा ब्याटिङ गर्ने अभिषेक पेभेलियन फर्किएपछि भने भारतको ब्याटिङ सुस्ताएको हो।

ओपनर ब्याटर गिल १९ बलमा २९ रन बनाउँदै पेभेलियन फर्किएका थिए। त्यसपछि, शिवम दुबे र कप्तान सूर्यकुमार यादवले दोहोरो अङ्कको रन बनाउन नसक्दा हार्दिक पाण्ड्या केही कमान्ड सम्हाले । उनले २९ बलमा ३८ रन बनाए। अक्षर पटेल १० रनमा अविजित रहे।

बंगलादेशका लागि रसिद होसेनले सर्वाधिक २ विकेट लिए। तान्जीम हसन सकिब, मुस्तफिजुर रहमान र मोहम्मद सैफउद्दिनले १-१ विकेट लिए ।

भारतसँग फाइनलमा स्थान बनाउन बंगलादेश र पाकिस्तान खेल्दै

एसिया कप २०२५ को फाइनलमा भारतले स्थान बनाएसँगै फाइनल पुग्न आज बंगलादेश र पाकिस्तानले एकअर्कासँग खेल्दैछन्।

श्रीलंका भने लगातार २ हारसहित फाइनल दौडबाट बाहिरिसकेको छ।

सुपरफोरको पहिलो खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै बंगलादेशले पहिलो जित दर्ता गरेको थियो। त्यस्तै, सोही श्रीलंकालाई पाकिस्तानले ५ विकेटले हरायो।
सुपर फोरमा समान १/१ जित निकालेका पाकिस्तान र बंगलादेश आज दोस्रो जितको खोजीमा हुनेछन्। आजको खेलको विजेताले भारतसँग फाइनलमा खेल्नेछ।

सुपरफोरको अन्तिम खेलको रूपमा भारतले श्रीलंकासँग शुक्रबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम