मुख्य समाचार
डेम्बेले र बोनमतीलाई बालोन डी'ओर
डेम्बेले र बोनमतीलाई बालोन डी'ओर

: फ्रेन्च फरर्वाड तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड ओस्मान डेम्बेलेले २०२५ को बालोन डी'ओर अवार्ड जितेका छन्। २८ वर्षीय डेम्बेलेले युइएफए च्याम्पियन्स लिग र डोमेस्टिक डबल्समा ३७ गोल र १५ वटा असिस्ट गरेका छन्।

यो अवार्ड पाएपछि उनले भने,'यो व्यक्तिगत अवार्ड हो तर यो अवार्ड टिमको सामूहिक एकताका कारण सम्भव भएको हो। च्याम्पियन्स लिग जितेपछि फरक पर्‍यो।'

महिलातर्फ स्पेनकी एइताना बोनमतीले जितेकी हुन्। उनले लगातार तेस्रो पटक बालोन डि'ओरको अवार्ड जितेकी हुन्। बार्सिलोना क्लबकी फरवार्ड वनमतीले यसअघि पनि दुईपटक यो जितिसकेकी छन्।


सोमबार राति भएको समारोह बीच पीएसजी फरवार्ड डेम्बेलेले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्। उत्कृष्ट युवातर्फ स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामियन यमालले जितेका छन्। महिलातर्फको उत्कृष्ट युवा खेलाडी स्पेनकी भिकि लोपेजले जितिन्।

फ्रेन्च क्लब पीएस्सी वर्ष उत्कृष्ट पुरुषटोली घोषित भयो। च्याम्पियन्स लिग विजेता रहेको पीएससीले वर्ष उत्कृष्ट पुरुष टोलीको उपाधि जितेको हो। वर्ष उत्कृष्ट भएको पीएससीका प्रशिक्षकले वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि जिते। पीएसजीका प्रशिक्षक लुइस एनरिकेले टिमसँगै उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका हुन्।

वर्ष उत्कृष्ट गोलकिपरमा पीएसजीका जीयानलुइजी डोनरुमा उत्कृष्ट गोल रक्षक घोषित भए ।
महिलातर्फको वर्ष उत्कृष्ट टोली अवार्ड आर्सनल क्लबले प्राप्त गर्यो। त्यस्तै उत्कृष्ट स्ट्राइकतको अवार्ड स्विडेनका भिक्टोर ग्योकेरसले जिते । महिलातर्फ उत्कृष्ट स्ट्राइकरको अवार्ड पोल्यान्डकी इवा पाजोरले जितिन्।

बालोन डी'ओर को ६९औं संस्करणमा फुटबलको व्यक्तिगत उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

सन् १९५६ बाट फ्रेन्च फुटबलले सुरु गरेको यो अवार्ड विश्व फुटबलमा एक ऐतिहासिक अवार्डको रूपमा स्थापित अवार्ड हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...