मुख्य समाचार
डेम्बेले र बोनमतीलाई बालोन डी'ओर
डेम्बेले र बोनमतीलाई बालोन डी'ओर

: फ्रेन्च फरर्वाड तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड ओस्मान डेम्बेलेले २०२५ को बालोन डी'ओर अवार्ड जितेका छन्। २८ वर्षीय डेम्बेलेले युइएफए च्याम्पियन्स लिग र डोमेस्टिक डबल्समा ३७ गोल र १५ वटा असिस्ट गरेका छन्।

यो अवार्ड पाएपछि उनले भने,'यो व्यक्तिगत अवार्ड हो तर यो अवार्ड टिमको सामूहिक एकताका कारण सम्भव भएको हो। च्याम्पियन्स लिग जितेपछि फरक पर्‍यो।'

महिलातर्फ स्पेनकी एइताना बोनमतीले जितेकी हुन्। उनले लगातार तेस्रो पटक बालोन डि'ओरको अवार्ड जितेकी हुन्। बार्सिलोना क्लबकी फरवार्ड वनमतीले यसअघि पनि दुईपटक यो जितिसकेकी छन्।


सोमबार राति भएको समारोह बीच पीएसजी फरवार्ड डेम्बेलेले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्। उत्कृष्ट युवातर्फ स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामियन यमालले जितेका छन्। महिलातर्फको उत्कृष्ट युवा खेलाडी स्पेनकी भिकि लोपेजले जितिन्।

फ्रेन्च क्लब पीएस्सी वर्ष उत्कृष्ट पुरुषटोली घोषित भयो। च्याम्पियन्स लिग विजेता रहेको पीएससीले वर्ष उत्कृष्ट पुरुष टोलीको उपाधि जितेको हो। वर्ष उत्कृष्ट भएको पीएससीका प्रशिक्षकले वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि जिते। पीएसजीका प्रशिक्षक लुइस एनरिकेले टिमसँगै उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका हुन्।

वर्ष उत्कृष्ट गोलकिपरमा पीएसजीका जीयानलुइजी डोनरुमा उत्कृष्ट गोल रक्षक घोषित भए ।
महिलातर्फको वर्ष उत्कृष्ट टोली अवार्ड आर्सनल क्लबले प्राप्त गर्यो। त्यस्तै उत्कृष्ट स्ट्राइकतको अवार्ड स्विडेनका भिक्टोर ग्योकेरसले जिते । महिलातर्फ उत्कृष्ट स्ट्राइकरको अवार्ड पोल्यान्डकी इवा पाजोरले जितिन्।

बालोन डी'ओर को ६९औं संस्करणमा फुटबलको व्यक्तिगत उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

सन् १९५६ बाट फ्रेन्च फुटबलले सुरु गरेको यो अवार्ड विश्व फुटबलमा एक ऐतिहासिक अवार्डको रूपमा स्थापित अवार्ड हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...