— नेपोलीले इटालीको सिरी ‘ए’ मा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्दै सोमबार राति पिसामाथि ३–२ को जित निकालेको छ । यससँगै नेपोली लिग तालिकाको शीर्षमा पनि कायम रह्यो ।
डिफेन्डिङ च्याम्पियनको चार खेलबाट अधिक्तम १२ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको युभेन्टसमाथि दुई अंकको अग्रता हो । नेपोलीका लागि बिली गिलमोर, लियानार्डो स्पिनजोला र लोरेन्जो लुकाले गोल गरे ।
यसै सिजन बढुवा भएको पिसाका लागि एबाला एनजोला र लोरेनले गोल गरे । पिसाको भने चार खेलबाट एक अंक मात्र छ र रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको छ ।