मुख्य समाचार
नेपाली राष्ट्रिय महिला फुटबल टिमले इन्डोनेसिया र चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने
नेपाली राष्ट्रिय महिला फुटबल टिमले इन्डोनेसिया र चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने

। नेपाली राष्ट्रिय महिला फुटबल टिमले इन्डोनेसिया र चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले नोभेम्बर २६ देखि २ डिसेम्बरसम्म इन्डोनेसियामा सिरिज हुने जानकारी दिएको हो।

नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोली इन्डोनेसियासँग खेल्नेछ। त्यस्तै दोस्रो खेल नेपालले डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्नेछ।

पछिल्लो समय महिला टिमको प्रशिक्षक बनेका प्याट्रिक डे वाइल्डले राजिनामा दिएयता नेपाली महिला टिमको प्रमुख प्रशिक्षकको पद रिक्त रहेको छ।


एन्फा महासचिव किरण राईले प्रशिक्षकको टुंगो केही दिन भित्र लाग्ने बताए। ‘हामीले यस सिरिजका लागि प्रशिक्षकको टुंगो १/२ दिनभित्र लगाउने छौं’ उनले अन्नपूर्ण पोस्ट्सँग भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...