मुख्य समाचार
आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेले
आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेले

— इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानमा लिएको अग्रताले ५ अंक छोएको छ । मर्सिसाइड डर्बीमा एभरटनमाथिको जितसँगै आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेपछि लिभरपुललाई यो फाइदाको स्थिति तयार भएको हो ।


डिफेन्डिङ च्याम्पियन लिभरपुलले एभरटनविरुद्ध विशेषतः दोस्रो हाफमा राम्रो खेल्न सकेन । यसले देखाउँछ, यो टिममा पनि कमजोरी त छ । लिभरपुलले कीर्तिमानी रकममा एलेक्जान्डर इसाकलाई भित्र्याए पनि उनको स्थानमा ह्युगो एकिटिकेले नै मौका पाइरहेका छन् । यो सप्ताहन्तको खेलपछि लिगका तीन प्रमुख विशेषता यस्तो रह्यो ः

आर्सनल अझै दोस्रो उत्कृष्ट

ग्याब्रियल मार्टिनेलीले गरेको उत्कृष्ट गोलको मदतमा आर्सनल यो सिजनको दोस्रो हारबाट जोगिन सफल रह्यो । तर टोलीले आफ्नो घरमा थाकेर लखतरान भएको सिटीलाई भने हराउन सकेन । यसले प्रश्न के बनेको छ भने आर्सनललाई साँच्चै लिभरपुल पछ्याउन गाह्रो त छैन ? आर्सनल त्यही टिम हो, जसले पछिल्लो तीन सिजन लगातार दोस्रो स्थानमा चित्त बुझाएको छ ।

यही कारणले आर्सनलले यो सिजनका लागि भनेर मन खुलेर खर्च गरेको छ । बजेटको आकार बढाए पनि आर्सनलले इसाक अनुबन्ध गर्ने दौडमा आफूलाई सामेल गर्न सकेन । कम्तीमा सिटीका इर्लिङ हालान्डले एकपल्ट फेरि प्रमाणित गरेका छन्, विश्वस्तरीय स्ट्राइकरको महत्त्व के छ भनेर । सिटीका लागि यो सिजनको ८ खेलमा उनले १३ गोल गरिसकेका छन् ।

Hardik IVF
Global IME Updated May 12
Laxmi Sunrise bank
यी खेल क्लब र देश दुवैका लागि हो । आसर्नलका लागि भिक्टर ग्योकेरेस एकपल्ट फेरि असफल भएका छन् । म्यानचेस्टर युनाइटेड र लिभरपुलविरुद्ध उनको खेल फिक्का नै रहेको थियो । अहिले नै लिभरपुलको तुलनामा आर्सनल ५ अंकले पछाडि परिसकेको छ । अबको खेलमा टोलीले न्युकासल युनाइटेडको सामना गर्नेछ । आर्सनल पछिल्लो सिजन दुवै पटक सेन्ट जेम्स पार्कमा पराजित थियो ।

एकिटिकेको प्रदर्शनमा स्तरीयता

लिभरपुल प्रशिक्षक आर्ने स्लटसामु अगाडि कसलाई खेलाउन हो भन्नमा विकल्पको सुविधा छ । लिभरपुलले २७ करोड डलर खर्चेपछि टोलीसामु इसाक छ, एकिटिके पनि छ । युरोपेली च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडविरुद्ध डेब्यु गरेका इसाकले एभरटनविरुद्ध सुरुदेखि खेल्न पाएनन् । उनको स्थानमा यही मौका एकिटिकेले पाए । उनी ६ करोड ९० लाख पाउन्डमा इन्ट्राक्ख्ट फ्रांकफर्टबाट लिभरपुल आएका हुन् ।

एभरटनविरुद्धको जितमा गोलको खाता उनले नै खोलेका थिए । यी युवा फ्रान्सेली स्ट्राइकरले प्रिमियर लिगमा गरेको गोलसंख्या तीन पुगिसकेको छ । उनको गोल स्तरीय थियो । ‘अरू सबै टिममा पनि नम्बर ९ मा खेल्न सक्ने दुई खेलाडी छन् । भाग्य के हामीसँग यो स्थानमा खेल्ने दुई उत्कृष्ट खेलाडी छन्,’ स्लट भन्छन् । एकिटिकेको लय खासमा लिभरपुलको अहिलेसम्मको शतप्रतिशत प्रदर्शनमा निर्णायक जस्तै छ ।

बरू बायर लेभरकुजनबाट १० करोड डलर मूल्यमा आएका फ्लोरिन विर्टज भने राम्रो प्रदर्शनका लागि संघर्षरत देखिएका छन् । उनी पूर्ण फिटनेसका लागि पनि संघर्षरत देखिएको छ । यति भन्दाभन्दै पनि लिभरपुल नै त्यो टिम रहेको छ, जसलाई उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी मान्न सकिन्छ । लगातार जित्ने बानी कायम राख्ने हो भने लिभरपुललाई पन्छाएर अगाडि बढ्न अरूलाई गाह्रै छ ।

प्यालेसको अपराजित यात्रा

लिभरपुलपछि यसपल्टको प्रिमियर लिगमा कुनै एक टिम अहिलेसम्म अपराजित छ भने त्यो क्रिस्टल प्यालेस नै हो । टोलीले भर्खरै लन्डन स्टेडियममा वेस्ट ह्यामलाई २–१ ले हराएको छ । यो नतिजाले वेस्ट ह्याम र यसका प्रशिक्षक ग्राहम पोर्टर खुबै दबाबमा परिसकेका छन् । गत सिजन प्यालेसको प्रदर्शन उत्कृष्ट रहेको थियो । सबै खाले प्रतियोगितामा गरेर प्यालेस पछिल्ला १७ खेलमा अपराजित छ ।

यो प्यालेसको कीर्तिमानी प्रदर्शन हो । यसक्रममा टोलीले एफए कप फाइनलमा म्यानचेस्टर सिटीलाई पनि हराएको थियो । त्यतिमात्र होइन, उसले लिभरपुललाई दुईपल्ट हराइसकेको छ भने आर्सनल, चेल्सी, टोटनहम र एस्टन भिल्लालाई पनि पराजित छ । प्यालेसको यो प्रदर्शनबाट स्वाभाविक रूपमा प्रशिक्षक ओलिभर ग्लास्नर खुसी छन् । लिगमा अब प्यालेसले सामना गर्ने भनेकै फेरि लिभरपुल हो ।

प्यालेस क्लब इतिहासमै पहिलो पटक युरोपमा पनि खेल्दै छ । ‘यो सबै राम्रो नतिजाका कारण सम्भव भइरहेको छ । यो दुई वा तीन साताको प्रदर्शन मात्र होइन, महिना दिनभन्दा लामो समयको हो । हाम्रा खेलाडीलाई के विश्वास हुन थालेको छ भने अहिले टिमले जे जस्तो खेलिरहेको छ, त्यो गति कायम राख्नुपर्छ ।’ प्यालेसले कन्फ्रेन्स लिग खेल्दै छ । त्यो युरोपा लिगबाट घटुवा गरिएको हुनाले खेल्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...