मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२५ को बाँकी क्यालेन्डर सार्वजनिक
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२५ को बाँकी क्यालेन्डर सार्वजनिक

: अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२५ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ। जसमा हाल सर्वाधिक चर्चामा रहेको ए डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने मिति तोकिएको छ।

मिति तोकिए पनि हालसम्म यो प्रतियोगिताको भेन्यु भने तोकिएको छैन। ए डिभिजन लिगको मिति तोकिएर आउँदा नेपाल सुपर लिग (एनएसएल) भने एन्फाको परिमार्जित क्यालेन्डरमा अटाएन।

यसअघि सार्वजनिक भएको एन्फाको क्यालेन्डरमा एनएसएलको लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको समय तोकिएको थियो। तर, परिमार्जित क्यालेन्डरमा एनएसएलले ठाउँ पाएको छैन। एन्फा प्रतियोगिता संयोजक सञ्जीव मिश्रका अनुसार ए डिभिजन लिगका टिमहरूसँगको बैठकपछि एनएसएललाई पनि एन्फाले समय मिलाएर समेट्ने अन्नपूर्ण पोष्टसँग बताए। 'एन्फाले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको समय एनएसएललाई दिएको हो। यसै बिचमा ए डिभिजन क्लबहरुसँग छलफल गरेर एनएसएल पनि हुनेछ। हटाएको होइन,' मिश्रले अन्नपूर्ण पोष्टसँग भने।


त्यसअघि, नेपाली टिममा भियतनामसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ। जसका लागि प्रशिक्षक म्याट रोसले प्रारम्भिक टोली पनि सार्वजनिक गरिसकेका छन्। कात्तिकमा नेपाली महिला टिमले भारतसँग ५ दिन लामो मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

एन्फा प्रेसिडेन्ट लिग २०२५, एन्फा यू १६ युथ लिग कात्तिक १७ देखि मंसिर २ सम्म एन्फा कम्प्लेक्समा रहेको छ। नेपाली सिनियर पुरुष टोलीले मलेसियासँग एएफसी एसियन कप खेल्ने अन्तर्राष्ट्रिय तालिका छ।

सी डिभिजन लिग मंसिर ४ देखि २८ गतेसम्म हुने तालिका छ। ३ देश सम्मेलित मैत्रीपूर्ण सिरिज महिलाको मंसिर ८ देखि १६ गतेसम्म इण्डोनेसियामा हुनेछ।साफ वुमन्स क्लब च्याम्पियनसिप मंसिर १९ देखि पुष ५ सम्म दशरथ रंगशालामा हुनेछ।

ललित मेमोरियल यू १८ युथ लिग, एन्फा महिला च्याम्पियनसिप, शहिद स्मारक महिला लिग, शहिद स्मारक महिला सुपर लिग र एएफसी एसियक कप छनोट नेपाल र लाओसको खेलसम्मको तालिका एन्फाले सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...