मुख्य समाचार
एएफसी एसियन कप छनोटका लागि प्रशिक्षक म्याट रसले नेपालको प्रारम्भिक टोली घोषणा
एएफसी एसियन कप छनोटका लागि प्रशिक्षक म्याट रसले नेपालको प्रारम्भिक टोली घोषणा

: एएफसी एसियन कप छनोटका लागि प्रशिक्षक म्याट रसले नेपालको प्रारम्भिक टोली घोषणा गरेका छन्। प्रशिक्षक म्याट रसले भियतनामसँगको खेलका लागि ३४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन्।

नेपालले अवे म्याच दुंगा रंगशालामा अक्टोबर ९ मा खेल्नेछ। त्यस्तै, नेपालले होम म्याच अक्टोबर १४ मा भियतनाममा नै खेल्नेछ।

नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको रंगशाला नहुँदा होम म्याच पनि भियतनाम नै खेल्नेछ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाले एएफसीको अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा नेपालले होम म्याच पनि भियतनाममा नै खेल्नु परेको हो।


नेपालको रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा एएफसीले एन्फालाई न्युट्रल भेन्यु खोज्न आग्रह गरेको थियो।

नेपालको प्रारम्भिक टोली:
अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन बिष्ट, अञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दिप कार्की, दिनेश हेन्जन, दिपेन्द्र विक, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणि लामा, मनिष डाँगी, निरञ्जन धामी, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समित श्रेष्ठ, सनिस श्रेष्ठ, सन्तोष खत्री, सुवास बम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...