: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयरबेस अमेरिकालाई नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
ʻयदि अफगानिस्तानले बग्राम एयर बेसको निर्माता संयुक्त राज्य अमेरिकालाई फिर्ता गरेन भने धेरै नराम्रो हुनेछ,ʼट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
यसअघि पनि ट्रम्पले बग्राम एयरबेस कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन्।
बेलायत भ्रमणको क्रममा ट्रम्पले आफ्नो सरकार अफगानिस्तानमा रहेको बग्राम एयरबेस फिर्ता लिन प्रयास गरिरहेको उल्लेख गरेका थिए।
उनको भनाइमा तालिबानले भनेको छ,ʻइतिहासले हाम्रो भूमिमा विदेशी शक्तिहरूलाई कहिल्यै स्वीकार गरिएको छैन।ʼ