मुख्य समाचार
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला

। युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला भएको छ। प्रभावित विमानस्थलहरूमा लन्डनको हीथ्रो विमानस्थल, जर्मनीको बर्लिन विमानस्थल र बेल्जियमको ब्रसेल्स विमानस्थल परेका छन् ।

साइबर आक्रमणका कारण शनिबार यी विमानस्थलहरूमा चेक–इन र बोर्डिङ प्रणाली ठप्प भए भने धेरै उडानहरू ढिलाइ भयो । केही उडानहरू रद्द समेत गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् ।

चेक–इन र बोर्डिङ प्रणाली बन्द भएपछि यात्रुहरूले म्यानुअल तरिकाले चेक–इन गर्नुपरेको थियो । यसले गर्दा सम्पूर्ण उडान तालिकामा असर परेको छ।

शनिबार दिउँसोसम्म मात्र हीथ्रो विमानस्थलमा आवत–जावत गर्ने १४० भन्दा बढी उडान ढिलो भए । ब्रसेल्समा १०० भन्दा बढी र बर्लिनमा ६० भन्दा बढी उडान प्रभावित भए ।

ब्रसेल्स विमानस्थलका अधिकारीहरूको भनाइ अनुसार शुक्रबार राति विमानस्थलको चेक–इन र बोर्डिङ प्रणालीसँग सम्बन्धित सेवा प्रदायक कम्पनीमाथि साइबर आक्रमण भएको हो ।

हीथ्रो युरोपकै सबैभन्दा व्यस्त विमानस्थल हो। यहाँ पनि धेरै उडानहरू रद्द गर्नुपर्‍यो ।



ह्याकरको निसानामा कोलिन्स एयरोस्पेस प्रणाली

ह्याकरहरूले कोलिन्स एयरोस्पेस कम्पनीको प्रणालीलाई आक्रमण गरेका हुन्। यही कम्पनीले यी विमानस्थलहरूमा चेक–इन र बोर्डिङ प्रणालीको सुविधा उपलब्ध गराउँछ ।

कोलिन्स एयरोस्पेसको मूल कम्पनी आरटीएक्सले समस्या छिट्टै समाधान गर्ने प्रयास भइरहेको जनाएको छ। फ्र्याङ्कफर्ट र ज्युरिख जस्ता युरोपका ठूला विमानस्थल भने यस आक्रमणबाट जोगिएका छन् ।

अमेरिकामा पनि १८०० भन्दा बढी उडान ढिलो, सयौँ रद्द

अमेरिकाको डलासस्थित दुई विमानस्थलमा शुक्रबार १८०० भन्दा बढी उडान ढिलो भए। यी विमानस्थलहरूमा टेलिकम प्रणालीमा समस्या आएको थियो ।

यसका कारण फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) ले ग्राउन्ड स्टप आदेश जारी गर्‍यो । एफएएले स्थानीय टेलिकम कम्पनीका उपकरणमा खराबी आएको जनाएको छ ।

यस खराबीका कारण अमेरिकन एयरलाइन्सले २०० भन्दा बढी उडान रद्द गर्‍यो र ५०० भन्दा बढी ढिलो भए । साउथवेस्ट एयरलाइन्सका ११०० भन्दा बढी उडान पनि ढिलो भए ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...