मुख्य समाचार
डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने
डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने बताएका छन् ।

समाचार संस्था एपीका अनुसार, शुक्रबार नेताद्वयबीच लामो टेलिफोन वार्ता ट्रम्पले सीसँग भेट्ने र चीन जाने घोषणा गरेका हुन् ।




ट्रम्पले ट्रुथ सोसलमा लेख्दै सी ‘उपयुक्त समय’ मा अमेरिकामा आउनेछन् र उनीहरूले लोकप्रिय सोसल मिडिया एप टिकटकलाई अमेरिकामा सञ्चालन गर्न दिन ‘टिकटक सम्झौताका स्वीकृति’ मा प्रगति गरेका उल्लेख गरेका छन् । यद्यपि उनले प्रगतिका विवरण भने खुलाएका छैनन् ।

यद्यपि चिनियाँ पक्षले सार्वजनिक गरेको वक्तव्यमा ट्रम्पले भनेजस्तो भ्रमण र टिकटकका विवाद समाधान बारे सीले मान्यता दिएको बारे केही खुलाइएको छैन ।



चिनियाँ वक्तव्यमा, सीले ट्रम्पलाई व्यापारिक सम्बन्ध बिग्रन नदिन व्यापार प्रतिबन्ध नलगाउन आग्रह गरेको मात्रै उल्लेख छ ।

बहुप्रतिक्षित यो फोनवार्ताले विश्वका दुई ठूला अर्थतन्त्रका नेताबीच सौहार्दपूर्ण सम्बन्ध देखाए पनि उनीहरूको वक्तव्यले गहिरो रूपमा गाँसिएका तर परस्परविरोधी दृष्टिकोण भएका दुई देशबीचका चुनौतीहरू लुकाउन सक्दैन ।

यद्यपि दुई नेताबीचको फोन वार्ता, भेटघाट र भ्रमणले सम्बन्ध सहज बनाउने प्रयत्नहरू अगाडि बढेको भने देखाउँछ ।

‘वार्ता निकै राम्रो भयो, हामी फेरि पनि फोनमा कुरा गर्नेछौं, टिकटक अनुमोदनप्रति आभार र दुवै जना एपीईसी मा भेट्न आतुर छौं,’ ट्रम्पले लेखेका छन् । प्रशान्त क्षेत्रमा रहेका २१ अर्थतन्त्रहरूको एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) समूहको सम्मेलन अक्टोबरमा दक्षिण कोरियामा हुँदैछ ।

वार्तापछि ट्रम्पले सीलाई ‘एक सज्जन’ को संज्ञा दिएका छन् र उनले टिकटकमा लगानी गर्न अमेरिकीहरू लाइनमा रहेको उल्लेख गरेका छन् ।

तर ट्रम्प टिकटकको एल्गोरिदमको स्वामित्वबारे अस्पष्ट देखिन्छन् । ‘सबै कुरा मिलाउँदै छौं,’ ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई सीसँगको दुई घन्टा लामो फोन वार्ता भएको उल्लेख गर्दै भने, ‘हामीले निकै राम्ररी नियन्त्रण गर्नेछौं।’

समाचार संस्था एपीका अनुसार, टिकटकको चिनियाँ स्वामित्व भएको मूल कम्पनी बाइटडान्सले वक्तव्य जारी गर्दै दुवै नेताप्रति धन्यवाद प्रकट गरेको छ । उसले अमेरिकी प्रयोगकर्ताहरूका लागि एपको सेवा निरन्तर रहोस् भन्ने सुनिश्चित गर्न जारी वार्ताप्रति रुचि देखाएको छ । तर स्वामित्वको प्रश्न कसरी समाधान हुनेछ भन्नेबारे भने धेरै विवरण स्पष्ट पारेको छैन ।

ट्रम्पले भने उक्त टिकटकसम्बन्धी उक्त सम्झौता ‘राहतपूर्वक अघि बढिरहेको छ’ भनेका छन् ।

ट्रम्प प्रशासनले यही हप्ता म्याड्रिडमा भएको व्यापार वार्ताका क्रममा चिनियाँ अधिकारीहरूसँग एपको स्वामित्वबारे एउटा सम्झौताको रुपरेखा तय गर्ने ठाउँसम्म पुगिएको बताएको छ ।

ट्रम्पले नै आफूलाई दोस्रो कार्यकाल चुनाव जिताउन भूमिका खेलेको श्रेय दिएको टिकटकलाई उनी चिनियाँ कम्पनी बाइटडान्सबाट अलग गर्न चाहन्छन् । उनले यसका लागि समयसीमा पटक-पटक लम्ब्याउँदै आएका छन् ।

गत वर्ष पारित गरिएको एक कानुनमा तथ्यांकको गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरू सम्बोधन गर्न खोजिएको छ । बाइटडान्सको उत्पत्ति र स्वामित्वका कारण यसले चीनले मागेको सबै तथ्यांक बुझाउन बाध्य हुनुपर्ने भन्दै अमेरिकी अधिकारीहरू गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् ।

अमेरिकी अधिकारीहरू बाइटडान्सको उत्पत्ति र स्वामित्वबारे चिन्तित छन्, कारण चीनका कानुनहरूले चिनियाँ कम्पनीलाई सरकारले मागेको डेटा बुझाउन बाध्य पार्छ।

चिनियाँ अधिकारीहरूले सोमबार एल्गोरिदमसहित ‘बौद्धिक सम्पत्ति अधिकारको प्रयोग’ को स्वीकृतिमा सहमति भएको जनाएका छन् । दुवै पक्षले अमेरिकी प्रयोगकर्ताको डेटा र सामग्री सुरक्षा सम्हाल्ने जिम्मा साझेदारलाई दिनेमा सहमति गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...