मुख्य समाचार
डोनाल्ड ट्रम्पले एच–वान भिसाको आवेदन शुल्क बढाउने आदेशमा हस्ताक्षर गरेका छन्
डोनाल्ड ट्रम्पले एच–वान भिसाको आवेदन शुल्क बढाउने आदेशमा हस्ताक्षर गरेका छन्

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–वान भिसाको आवेदन शुल्क बढाउने आदेशमा हस्ताक्षर गरेका छन् । अब उक्त भिजाको शुल्क वार्षिक एक लाख अमेरिकन डलर हुने भएको छ ।


यसका साथै ट्रम्पले गोल्ड कार्ड भिसा प्रोग्रामको आदेशमा पनि हस्ताक्षर गरेका छन् । कुनै पनि व्यक्तिले गोल्ड कार्ड भिसा प्राप्त गर्नका लागि १० लाख अमेरिकी डलर र कम्पनीका लागि २० लाख डलर राखिएको छ ।


अमेरिकी एच–वान भिसाको सुरुआत सन् ११९० मा भएको थियो । उत्कृष्ट कर्मचारीहरुलाई यस्तो भिसा प्रदान गरिन्छ । यस्तो भिसा प्राप्त गर्ने अधिकारीहरुमा सबैभन्दा धेरै भारतीय गरेका छन् । दोस्रोमा चीनका छन् ।

ट्रम्प प्रशासनले एच–वान भिसामा यो कदम नयाँ आप्रवासन नीति अनुसार अघि सारेको हो । गैर अमेरिकी नागरिकले अमेरिकी नागरिकको रोजगारी खोसिरहेको आरोप लगाउँदै आएका ट्रम्पले नयाँ शुल्क लागू गरेपछि एच–वान भिसामा आउनेहरुको संख्या घट्ने दाबी गरेका छन् ।

आदेशमा हस्ताक्षरपछि ट्रम्पले अमेरिकी टेक कम्पनीहरुको सम्भावित प्रतिक्रियाबारे भने, ‘मलाई लाग्छ यो कदमले उनीहरु निकै खुसी हुनेछन् ।’

के हो एच–वान भिसा?

उत्कृष्ट कर्मचारीहरुका लागि सन् १९९० देखि सुरु भएको एच–वान भिसा कार्यक्रम अन्तर्गत प्राप्त हुने भिसाको संख्या सन् २००४ मा ८४ हजार बनाइएको थियो ।

यो भिसा चिट्ठामार्फत् जारी गरिन्छ । अहिलेसम्म एच–वान भिसाको कूल प्रशासनिक शुल्क १ हजार ५ सय डलर थियो ।

यूएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसको तथ्याकअनुसार आगामी आर्थिक वर्षका लागि एच–वान भिसाको संख्या घटेर ३ लाख ५९ हजार पुगेको छ । गत चार वर्षको सबैभन्दा कम तथ्यांक हो यो ।

ट्रम्पको कठोर आप्रवासन नीतिका कारण भिसा आवेदनको संख्यामा पनि कमी आएको छ । अमेरिकी सरकारको तथ्यांक अनुसार गत आर्थिक वर्षमा यसको सबैभन्दा बढी फाइदा टेक कम्पनीहरु अमेजन, मेटा, टाटा, एप्पल र गुगललाई भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...