— रियल बेटिसले स्पेनी ला लिगामा शुक्रबार राति रियल सोसिडाडलाई ३–१ ले पराजित गर्दै शीर्ष चारमा प्रवेश गरेको छ ।
यो जितपछि बेटिसको छ खेलबाट नौ अंक भएको छ र यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग तीन अंकको दूरी हो ।
कुचो हर्नान्डेज र पाब्लो फोर्नल्सले बेटिसका लागि गोल गरे । अर्को गोल एलेक्स रेमिरोको नाममा आत्मघाती रह्यो । सोसिडाडका लागि भने ब्राइस मेन्डिजले एक गोल फर्काए ।
खराब लयमा रहेको सोसिडाडको पाँच खेलबाट दुई अंक मात्र छ र १७ औं स्थानमा रहेर रेलिगेसन दबाब महसुस गर्न थालेको छ ।