मुख्य समाचार
भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको
भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको

: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको बताएका छन्।

संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रदर्शनमा जेनजीको घोषित नीति र माग भन्दा बाहिर भयानक घुषपैठ र डिजाइनमा देशमा विध्वंस मच्चाइएको बताएका हुन्। सच्चा जेनजीले सच्चा जेनजीले आगजनी र तोडफोड नगरौं भनेको आफूले सुनेको बताए।

जेनजीले अहिले उठाएको माग माओवादीले दुई वर्षअघिदेखि नै उठाएको उनको भनाइ थियो। प्रचण्डले आफू अहिलेको संविधान अझ प्रगतिशील बनाउनुपर्ने पक्षमा रहेको भन्दै ठूला दलका अहंकारका कारण अहिले यो अवस्था आएको बताए। उनले भने, ‘आफूले भनेजसरी संविधान बनाउन सकेको भए सायद अहिले जेनजीले आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने थिएन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको बताएका छन्। संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रदर्शनमा जेनजीको घोषित नीति र माग भन्दा बाहिर भयानक घुषपैठ र डिजाइनमा देशमा विध्वंस मच्चाइएको बताएका हुन्। सच्चा जेनजीले सच्चा जेनजीले आगजनी र तोडफोड नगरौं भनेको आफूले सुनेको बताए। ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्। मन्त्री घिसिङले बिहीबार शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस ...
: अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन्। संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने स्पष्ट धारणा राखिन्। प्रधानमन्त्री कार्कीले नेपालको वर्तमान संविधान नेपाली जनताले पटक-पटक जनआन्दोलन, संघर्ष, त्याग र ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ठूला भनिने दलहरूको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालिन अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेहरूको अहंकारले नै देश परिस्थतिमा आइपुगेको बताएका हुन्। प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति ...
— कानुन अनुसार असार १० भित्र बजेट ल्याउन नसकेको धरान नगरपालिकाले अन्तत: बजेट पास गरेको छ । छैठौ पटक बसेको कार्यपालिका बैठकले असोज ४ गते अर्थात शनिबार १७ औ नगरसभा बस्ने निणर्य गरेको छ । बिहिबार बसेको कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष २०८२/८३ को नीती तथा कार्यक्रम र बजेट पास गरेको हो । बैठकमा स्रोत अनुमान तथा ...