मुख्य समाचार
जलेको पार्टी कार्यालयको खरानीमा उभिएर नेकपा एमालेका शीर्षस्थ नेताहरूले पार्टी र देश बनाउन फेरि एमाले उठ्ने उद्घोष गरे
जलेको पार्टी कार्यालयको खरानीमा उभिएर नेकपा एमालेका शीर्षस्थ नेताहरूले पार्टी र देश बनाउन फेरि एमाले उठ्ने उद्घोष गरे

: संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जलेको पार्टी कार्यालयको खरानीमा उभिएर नेकपा एमालेका शीर्षस्थ नेताहरूले पार्टी र देश बनाउन फेरि एमाले उठ्ने उद्घोष गरेका छन् ।

भदौ २४ गते जेनजी समूहको आन्दोलनको आडमा अराजक जत्थाले ललितपुरस्थित च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा आगो लगाउँदा ध्वस्त भएको छ।

कार्यक्रममा पार्टी अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा आउने भनिए पनि उनी आएनन् । जेनजी आन्दोलनपछि सरकारको नेतृत्व छाड्न दबाबमा रहेका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् ।

महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिइन् । कार्यक्रमको प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल थिए । कार्यक्रममा एमाले कार्यकर्ताहरूले 'संविधानको रक्षा गरौं','संवैधानिक सर्वोच्चता कायम गरौं,' 'सुशासन कायम गरौं,'शान्ति स्थापना गरौं' लगायतका नाराहरू लगाएका थिए।

प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले प्रगति र उन्नति गर्दै जाँदा चुनौति आइलागेको बताए । उनले भने, 'पार्टी कार्यालय जलाएर खरानी बनाइयो । देशका प्रमुख संरचनाहरू ध्वस्त पारियो । हाम्रो कार्यालय जलेपनि हाम्रो इच्छा शक्ति मरेको छैन । अब हामी फेरि उठ्नेछौं । सबै मिलेर एमाले पार्टी कार्यालयको पूर्णनिर्माण गर्छौं, उठाउँछौं र देशलाई पनि बनाउँछौं ।'

पार्टी महासचिव शंकर पोखरेलले जेनजी पुस्ताको आकर्षण हुने पार्टीको रुपमा एमाललेलाई विकास गरेर लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको बताएका छन्। संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रदर्शनमा जेनजीको घोषित नीति र माग भन्दा बाहिर भयानक घुषपैठ र डिजाइनमा देशमा विध्वंस मच्चाइएको बताएका हुन्। सच्चा जेनजीले सच्चा जेनजीले आगजनी र तोडफोड नगरौं भनेको आफूले सुनेको बताए। ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको घटनामा सच्चा जेनजीले विध्वंस नमच्चाएको बताएका छन्। संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रदर्शनमा जेनजीको घोषित नीति र माग भन्दा बाहिर भयानक घुषपैठ र डिजाइनमा देशमा विध्वंस मच्चाइएको बताएका हुन्। सच्चा जेनजीले सच्चा जेनजीले आगजनी र तोडफोड नगरौं भनेको आफूले सुनेको बताए। ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन्। मन्त्री घिसिङले बिहीबार शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस ...
: अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बताएकी छन्। संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने स्पष्ट धारणा राखिन्। प्रधानमन्त्री कार्कीले नेपालको वर्तमान संविधान नेपाली जनताले पटक-पटक जनआन्दोलन, संघर्ष, त्याग र ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ठूला भनिने दलहरूको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको बताएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालिन अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेहरूको अहंकारले नै देश परिस्थतिमा आइपुगेको बताएका हुन्। प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति ...