— नेपालमा हुने पहिलो संस्करणको साफ क्लब वुमेन्स च्याम्पियनसिपमा पाँच क्लब सहभागी हुने भएका छन् । प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म हुनेछ ।
दक्षिण एसियाली फुटबल महासंघले शुक्रबार जनाएअनुसार सहभागी हुने क्लबमा नेपालको एपीएफ, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी छन् ।
महासंघले दक्षिण एसियामा महिला फुटबलको क्लब प्रतियोगिता गर्न लागेको यो नै पहिलो पटक हो र यसलाई ऐतिहासिक भएको पनि जनाएको छ ।