मुख्य समाचार
विश्वकप छनोट खेल्नुअघि राम्रो तयारीका रूपमा युनिटी कपलाई लिएको कप्तान रोहित पौडेलले बताए
विश्वकप छनोट खेल्नुअघि राम्रो तयारीका रूपमा युनिटी कपलाई लिएको कप्तान रोहित पौडेलले बताए

: नेपाल क्रिकेट संघ (क्यान)ले युनिटी कप खेल्ने नेपाली टोलीलाई विदाई गरेको छ। क्यानले बिहीबार टियु क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गर्दै युएईमा हुने युनिटी कप खेल्न जाने खेलाडीलाई विदाई गरेको हो।



विदाईका क्रममा विश्वकप छनोट खेल्नुअघि राम्रो तयारीका रूपमा युनिटी कपलाई लिएको कप्तान रोहित पौडेलले बताए। उनले भने, 'यो सिरिज हाम्रो लागि राम्रो तयारी हुन सक्छ। विश्वकप छनोटका खेल अगाडि यो सिरिजले निकै राम्रो तयारी हुनेछ।'

नेपाली क्रिकेट टिमले अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिजका लिएर आएको थियो। उक्त सिरिज र त्योभन्दा अगाडि भारतमा गएर गरेको प्रशिक्षणले नेपाली टोली तयार रहेको कप्तान रोहितले बताए। 'हामीले अस्ट्रेलियामा सिरिज खेलेर आएका थियौं। एक महिना अगाडि अस्ट्रेलियामा र त्यस अगाडि भारतमा गरेको प्रशिक्षणका कारण हामी राम्रो लयमा रहेका छौं। त्यसका कारण हामीले राम्रो खेल्नेमा म विश्वस्त छु। हामी एकदमै उत्साहित पनि छौं,' उनले भने।


नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक स्टुअर्ट ल सिधै युएई पुग्ने क्यानले जनाएको छ। नेपाली टिमको साथमा हालः सहायक प्रशिक्षकको रूपमा ज्ञानेन्द्र मल्ल जानेछन्। विदाईका क्रममा सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले भने, 'टेस्ट राष्ट्रसँग खेल्न पाउनु हाम्रो लागि निकै राम्रो अवसर हो। यो अवसरलाई सदुपयोग गर्दै हामी विश्वकप छनोट हुन चाहन्छौं।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...