मुख्य समाचार
विश्वकप छनोट खेल्नुअघि राम्रो तयारीका रूपमा युनिटी कपलाई लिएको कप्तान रोहित पौडेलले बताए
विश्वकप छनोट खेल्नुअघि राम्रो तयारीका रूपमा युनिटी कपलाई लिएको कप्तान रोहित पौडेलले बताए

: नेपाल क्रिकेट संघ (क्यान)ले युनिटी कप खेल्ने नेपाली टोलीलाई विदाई गरेको छ। क्यानले बिहीबार टियु क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गर्दै युएईमा हुने युनिटी कप खेल्न जाने खेलाडीलाई विदाई गरेको हो।



विदाईका क्रममा विश्वकप छनोट खेल्नुअघि राम्रो तयारीका रूपमा युनिटी कपलाई लिएको कप्तान रोहित पौडेलले बताए। उनले भने, 'यो सिरिज हाम्रो लागि राम्रो तयारी हुन सक्छ। विश्वकप छनोटका खेल अगाडि यो सिरिजले निकै राम्रो तयारी हुनेछ।'

नेपाली क्रिकेट टिमले अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिजका लिएर आएको थियो। उक्त सिरिज र त्योभन्दा अगाडि भारतमा गएर गरेको प्रशिक्षणले नेपाली टोली तयार रहेको कप्तान रोहितले बताए। 'हामीले अस्ट्रेलियामा सिरिज खेलेर आएका थियौं। एक महिना अगाडि अस्ट्रेलियामा र त्यस अगाडि भारतमा गरेको प्रशिक्षणका कारण हामी राम्रो लयमा रहेका छौं। त्यसका कारण हामीले राम्रो खेल्नेमा म विश्वस्त छु। हामी एकदमै उत्साहित पनि छौं,' उनले भने।


नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक स्टुअर्ट ल सिधै युएई पुग्ने क्यानले जनाएको छ। नेपाली टिमको साथमा हालः सहायक प्रशिक्षकको रूपमा ज्ञानेन्द्र मल्ल जानेछन्। विदाईका क्रममा सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले भने, 'टेस्ट राष्ट्रसँग खेल्न पाउनु हाम्रो लागि निकै राम्रो अवसर हो। यो अवसरलाई सदुपयोग गर्दै हामी विश्वकप छनोट हुन चाहन्छौं।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...