मुख्य समाचार
एसिया कप २०२५ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित
एसिया कप २०२५ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित

: एसिया कप २०२५ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ। श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो।

श्रीलंकाले अफगानिस्तानलाई पराजित गर्दा अफगानिस्तानमा नै सुपर फोरको होडबाट बाहिरिएको छ। दुबईको जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। अफगानिस्तानले दिएको १७० रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७१ रन सहित लक्ष्य पुरा गरेको हो।

श्रीलंकाका लागि ओपनर ब्याटर कुशल मेन्डिसले उत्कृष्ट पारी खेले। उनले ५२ बलमा १० चौकासहित ७४ रनको अविजित पारीसहित श्रीलंकालाई समूह विजेता बनाए। कुशल परेराले २८, कप्तान चारिथ अस्लङ्काले १७ रन बनाउँदा कामिन्डु मेन्डिस २६ रनमा अविजित रहे।


अफगानिस्तानका लागि बलिङतर्फ मुजिब उर्र‌ रहमान, अज्मतुल्ला ओमराजाई, मोहम्मद नाबी र नुर अहमदले समान १-१विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको अफगानिस्तानका लागि तल्लो क्रममा आएका मोहम्मद नाबीले सर्वाधिक ६० रन बनाए उनले २२ बलमा तीन चौका र छ छक्का प्रहार गरे।
अगाडिका ब्याटरबाट उत्कृष्ट ब्याटिङ आउन नसक्दा तल्लो क्रममा आएका नावीले आक्रमक ब्याटिङ गरे। ओपनरद्वय रहमानुल्ला गुरुबाज र सेदीकुल्लाह अटलले क्रमश: १४ र १८ रन बनाए। इब्राहिम जद्रानले २४ रन बनाउँदा कप्तान रसिद खान २४ रनमा बोल्ड भए।

श्रीलंकाका लागि बलिङतर्फ नुवान थुसारा सर्वाधिक चार विकेट लिए दुश्मन्था‌ चमेरा, दुनिथ बेल्लालगे र दासुन शनाकाले १-१ विकेट लिए।

बंगलादेश शीर्ष ४ मा

मोहम्मद नाबीको उत्कृष्ट ब्याटिङका बावजुद पनि टी २० विश्वकपको सेमिफाइनलसम्म पुगेको अफगानिस्तानले एसिया कप २०२५ को समूह चरणबाटै आफ्नो यात्रामा पूर्णविराम लगायो। श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै बंगलादेशले शीर्ष चारमा स्थान बनाएको छ।

यो खेल समूह बीको यो खेल निकै महत्त्वपूर्ण थियो। यो खेल सकिदाँ शीर्ष चार टोलीको टुङ्गो लागेको छ। समूह ए बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाइसकेका छन्। समूह बीबाट विजेता बन्दै श्रीलंकाले सुपर फोरमा स्थान पक्का गरिसकेको छ।

यो खेल अफगानिस्तानका लागि गर या मर (डु अर डाइ)को खेल थियो। यो खेलमा अफगानिस्तान पराजित हुँदा बंगलादेश भने निकै खुसी रह्यो। यो खेलमा अफगानिस्तानले श्रीलंकालाई हराएको खण्डमा बंगलादेश शीर्ष ४ को दौडबाट बाहिरिने आँकडा रहेको थियो।

समूह ‘ए’मा भारत २ खेलमा दुई जित सहित शीर्ष स्थानमा रहेको छ। भारतले समूह चरणको अन्तिम खेल ओमानसँग खेल्न बाँकी छ।
भारतले समूह चरणको अन्तिम खेल आज ओमानसँग खेल्दैछ। भारतले ओमानलाई हराएको खण्डमा भारत समूह ए को विजेताका रूपमा शीर्ष ४ मा खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम