मुख्य समाचार
एसिया कप २०२५ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित
एसिया कप २०२५ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित

: एसिया कप २०२५ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ। श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो।

श्रीलंकाले अफगानिस्तानलाई पराजित गर्दा अफगानिस्तानमा नै सुपर फोरको होडबाट बाहिरिएको छ। दुबईको जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। अफगानिस्तानले दिएको १७० रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७१ रन सहित लक्ष्य पुरा गरेको हो।

श्रीलंकाका लागि ओपनर ब्याटर कुशल मेन्डिसले उत्कृष्ट पारी खेले। उनले ५२ बलमा १० चौकासहित ७४ रनको अविजित पारीसहित श्रीलंकालाई समूह विजेता बनाए। कुशल परेराले २८, कप्तान चारिथ अस्लङ्काले १७ रन बनाउँदा कामिन्डु मेन्डिस २६ रनमा अविजित रहे।


अफगानिस्तानका लागि बलिङतर्फ मुजिब उर्र‌ रहमान, अज्मतुल्ला ओमराजाई, मोहम्मद नाबी र नुर अहमदले समान १-१विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको अफगानिस्तानका लागि तल्लो क्रममा आएका मोहम्मद नाबीले सर्वाधिक ६० रन बनाए उनले २२ बलमा तीन चौका र छ छक्का प्रहार गरे।
अगाडिका ब्याटरबाट उत्कृष्ट ब्याटिङ आउन नसक्दा तल्लो क्रममा आएका नावीले आक्रमक ब्याटिङ गरे। ओपनरद्वय रहमानुल्ला गुरुबाज र सेदीकुल्लाह अटलले क्रमश: १४ र १८ रन बनाए। इब्राहिम जद्रानले २४ रन बनाउँदा कप्तान रसिद खान २४ रनमा बोल्ड भए।

श्रीलंकाका लागि बलिङतर्फ नुवान थुसारा सर्वाधिक चार विकेट लिए दुश्मन्था‌ चमेरा, दुनिथ बेल्लालगे र दासुन शनाकाले १-१ विकेट लिए।

बंगलादेश शीर्ष ४ मा

मोहम्मद नाबीको उत्कृष्ट ब्याटिङका बावजुद पनि टी २० विश्वकपको सेमिफाइनलसम्म पुगेको अफगानिस्तानले एसिया कप २०२५ को समूह चरणबाटै आफ्नो यात्रामा पूर्णविराम लगायो। श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै बंगलादेशले शीर्ष चारमा स्थान बनाएको छ।

यो खेल समूह बीको यो खेल निकै महत्त्वपूर्ण थियो। यो खेल सकिदाँ शीर्ष चार टोलीको टुङ्गो लागेको छ। समूह ए बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाइसकेका छन्। समूह बीबाट विजेता बन्दै श्रीलंकाले सुपर फोरमा स्थान पक्का गरिसकेको छ।

यो खेल अफगानिस्तानका लागि गर या मर (डु अर डाइ)को खेल थियो। यो खेलमा अफगानिस्तान पराजित हुँदा बंगलादेश भने निकै खुसी रह्यो। यो खेलमा अफगानिस्तानले श्रीलंकालाई हराएको खण्डमा बंगलादेश शीर्ष ४ को दौडबाट बाहिरिने आँकडा रहेको थियो।

समूह ‘ए’मा भारत २ खेलमा दुई जित सहित शीर्ष स्थानमा रहेको छ। भारतले समूह चरणको अन्तिम खेल ओमानसँग खेल्न बाँकी छ।
भारतले समूह चरणको अन्तिम खेल आज ओमानसँग खेल्दैछ। भारतले ओमानलाई हराएको खण्डमा भारत समूह ए को विजेताका रूपमा शीर्ष ४ मा खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...