मुख्य समाचार
भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई उक्त परिमाणमा चिनी निर्यात गर्ने अनुमति
भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई उक्त परिमाणमा चिनी निर्यात गर्ने अनुमति

: भारतले चाडपर्वलाई लक्षित गर्दै नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न अनुमति दिएको छ। भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई उक्त परिमाणमा चिनी निर्यात गर्ने अनुमति दिएको हो।

भारत सरकारले ३० सेप्टेम्बर २०२६ सम्म चिनी निर्यातका लागि अनुमति दिएको हो। उक्त चिनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमार्फत आयात गरिने छ।

चाडपर्वका बेला नेपालमा चिनीको हाहाकार हुँदै आएको छ। चाडपर्वमा चिनीको कमी हुन नदिन भारतले चिनी निर्यात गर्न अनुमति दिएको बताइएको छ।


नेपालमा चिनी उत्पादन भए पनि त्यसले माग धान्न सकेको छैन। नेपालमा उत्पादन हुने चिनीभन्दा दोब्बर माग रहेको विज्ञहरू बताउँछन्। नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन खपत हुँदा करिब डेढ लाख मेट्रिक टन उत्पादन मात्रै नेपालमा हुँदै आएको छ।

नेपालमा माग धान्नसक्ने उत्पादन नहुँदा चाडपर्वका बेला चिनीको हाहाकार हुँदै आएको छ। भारत सरकारले दसैं-तिहार जस्ता चाडपर्वमा चिनीको कमी हुन नदिन उक्त निर्णय लिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अर्थ मन्त्रालयले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटीमा सहमति दिएको छ । अर्थले लगानी मोडालिटीमा सहमति दिएसँगै थप प्रक्रिया अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । धादिङ र गोरखामा निर्माण हुने बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) ...
— चोभार सुक्खा बन्दरगाहमा मात्रै ६ सय ५० युनिट विद्युतीय सवारी (ईभी) राखिएका छन् । रसुवा र सिन्धुपाल्चोकस्थित तातोपानी सुक्खा बन्दरगाहबाट जाँचपास गरिएका ईभी भाडा तिरेर चोभार सुक्खा बन्दरगाहमा राखिएका हुन् । बन्दरगाहमा राखिएका यी सवारीको प्रतिदिन १ सय २५ रुपैयाँ भाडा तिर्नुपर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘समितिले लजिस्टिक हबको अवधारणामा बनाएको संरचनामा ...
। चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय घर्किंदा विकास खर्च १२ प्रतिशतमात्र भएको छ । यसले पुन: एक पटक राज्यको प्राथमिकता विकास निर्माणमा नभएको पुष्टि गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म ४९ अर्ब ४२ करोड रुपैयाँमात्र विकास खर्च भएको छ । जुन वार्षिक लक्ष्यको १२.१२ प्रतिशत हो । यस वर्ष सरकारले गत ...
। चालु आर्थिक वर्षको प्रथम ६ महिना (साउन–पुस)सम्म पौने ६ खर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै योगदान पुस महिनाको छ । अर्थ मन्त्रालयका अनुसार पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । पुसमा मात्र १ खर्ब ९० अर्ब ७७ करोड राजस्व उठाउने लक्ष्य थियो। पुस ...
। हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना ...