मुख्य समाचार
सुनसरीमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु, १० जना घाइते
सुनसरीमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु, १० जना घाइते

— पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका-१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।


बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिए ।


मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् । उनीहरुका पहिचान खुल्न नसकेको खतिवडाले जानकारी दिए । मृतक पुरुषको जिल्ला अस्पताल इनरुवा सुनसरीमा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको हो ।

खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते हुनेहरूमा सप्तरी रुपनी-९ का २५ वर्षीय प्रकाश सरदार, उनकी श्रीमती वर्ष ३० वर्षीया पुनम सरदार, सप्तरीको खड्क नगरपालिका-५ का ५० वर्षीया ज्ञानदेवी चौधरी, सिरहाको धनगढी माई नगरपालिका-३ बस्ने ५२ वर्षीया बानेश्वरी देवी चौधरी सोही ठाउँका ३५ वर्षीया केसीदेवी चौधरी रहेका छन् ।

यसै गरी सिरहा धनगढी माई नगरपालिका १ बस्ने वर्ष ५५ की शान्तिदेवी चौधरी, सप्तरी खड्क नगरपालिका बस्ने वर्ष ४० को दिनेशकुमार चौधरी उनकी श्रीमती वर्ष ३६ की चन्द्रिका चौधरीको, लहान नगरपालिका १ बस्ने वर्ष ५० प्रभानन्द चौधरी र सप्तरी सुरुङगा नगरपालिका ९ बस्ने वर्ष ३६ को पुरुषोत्तम चौधरी पनि घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरू सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल–भारत सीमा हुँदै विदेशी नागरिकको अवैध प्रवेश बढ्दै गएको संकेत दिने अर्को घटना सार्वजनिक भएको छ । भारतको मुम्बईमा १० वर्षदेखि बस्दै आएकी एक इन्डोनेसियाली महिला नक्कली भारतीय कागजातसहित नेपाल छिर्न खोज्दा भारत–नेपाल सीमाको पानीटंकी नाकाबाट पक्राउ परेकी छिन् । भारतीय अर्धसैनिक बल एसएसबीले बिहीबार सीमामा जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई रोकेर कागजात माग्दा ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने बताएको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारबाही नगरिए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो। जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै ...
— जेन-जी आन्दोलनका क्रममा निर्वाचन आयोगअन्तर्गतका ६ वटा कार्यालयमा तोडफोड र आगजनी भएको छ । भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा यी घटना भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्री जलाइएको निर्वाचन आयोगका सहसचिव राजेन्द्र केसीले बताए । उनका अनुसार प्रदेश निर्वाचन ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्। नेपालको संविधानले दश वर्ष पूरा गरेको भन्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको ...
— निवार्चन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँगको भेटमा आयोगका पदाधिकारीले निर्वाचनको तयारी थालिसकिएको बताएका हुन् । आयोगका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने कार्यविधि, निर्देशिका, मापदण्ड बनाउन र निर्वाचन सामग्री, बजेट र जनशक्ति व्यवस्थापनका योजना तर्जुमा गर्ने कार्य ...