मुख्य समाचार
झापाका २३ वटा प्रहरी युनिटमा क्षति, ११ वटा जलेर कामै नलाग्ने अवस्थामा
झापाका २३ वटा प्रहरी युनिटमा क्षति, ११ वटा जलेर कामै नलाग्ने अवस्थामा

: जेनजी पुस्ता समूहको आन्दोलनमा अराजक समूह प्रवेश गरी हिंसात्मक प्रदर्शन गर्दै प्रहरी कार्यालयहरूलाई पहिलो निशाना बनाएको थियो। अराजक समूहले गरेको आगजनी र तोडफोडका कारण झापा जिल्लामा २३ वटा प्रहरी कार्यालयमा क्षति भएको छ। ११ वटामा पूर्ण र १२ वटा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए।



जिल्लामा ७३ वटा प्रहरी युनिट र १५ वटा ट्राफिक प्रहरी गरी ८८ वटा युनिट रहेको छ। त्यसमध्ये आगजनीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, इलाका प्रहरी कार्यालय अनारमनी, इलाका प्रहरी कार्यालय दमक, इलाका प्रहरी कार्यालय सुरुङ्गा, वडा प्रहरी कार्यालय भद्रपुर, सीमा प्रहरी चौकी पृथ्वीनगर, प्रहरी चौकी ज्यामिरढी, अस्थायी पोस्ट बसपार्क, प्रहरी चौकी बिर्ताबजार, मेची पुल प्रहरी बिट भद्रपुर र पुरानो ट्राफिक प्रहरी कार्यालय भवन पूर्ण क्षति भएको छ।



त्यस्तै तोडफोडबाट इलाका प्रहरी कार्यालय बुधबारे, प्रहरी चौकी बाघखोर, इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, इलाका प्रहरी कार्यालय झिलझिले, प्रहरी चौकी केर्खा, अस्थायी प्रहरी चौकी गरामनि, प्रहरी चौकी तोपगाछी, प्रहरी चौकी शनिश्चरे, इलाका प्रहरी कार्यालय बनियानी, प्रहरी चौकी चारआली र अस्थायी प्रहरी पोस्ट इँटाभट्टामा आंशिक क्षति पुगेको एसपी लिम्बूले जानकारी दिए। चोक–चोकमा राखिएका प्रहरीका बिटहरु पनि आगजनी र तोडफोड गरिएको छ।


भदौ २४ गतेको प्रदर्शनले पूर्ण रूपमा क्षति भएका प्रहरी कार्यालय खाली छ। त्यहाँ खटाइएका प्रहरी कर्मचारीहरूलाई नजिकै रहेको प्रहरी कार्यालयहरूमा मर्ज गरी राखेका छौँ। क्षति भएका प्रहरी युनिटहरूको मुचुल्का उठाउने काम भइरहेको बताउँदै एसपी लिम्बुले भने, ‘क्षति भएका भवनहरूमा प्रहरी कर्मचारी गएर बस्ने अवस्था नै छैन, पुनर्निर्माण भएपछि मात्र बस्न सक्छन्।’

विशेष गरी दमक, बिर्तामोड लगायत शहरी क्षेत्रहरूमा प्रहरी युनिट स्थापनाका लागि वैकल्पिक भवनको खोजी भइरहेको उनले बताए। प्रहरी कार्यालयहरूमा कति भौतिक क्षति भयो त्यो अहिले नै भन्न सकिने अवस्था छैन। विशेष गरी बिर्तामोड, दमक, भद्रपुर लगायत क्षेत्रहरूमा प्रहरी कार्यालय झापा वा नजिकै पायक पर्ने युनिटहरूबाट प्रहरी टोलीले नियमित गस्ती गरिरहेको उनको भनाइ छ। जिल्लाका १९ वटा युनिटहरूमा प्रहरी कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गरी क्षति भएका वा नभएका युनिटहरूलाई हाल मर्ज गरी राखिएको जनाइएको छ।

सशस्त्रको हातहतियार र गाडीमा क्षति

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले झापामा सशस्त्र प्रहरीमाथि आक्रमण नगरेको पाइएको छ। प्रदर्शनकारीहरूले सशस्त्र प्रहरी बल नेपाल, बेलडाँगी बेस क्याम्पमा रहेका हातहतियार लुटेर आंशिक क्षति गरेको छ। त्यस्तै सशस्त्रको बिओपी पृथ्वीनगरमा रहेका दुई गाडीमा आगजनी गरेको छ।

सशस्त्रको भौतिक संरचनाहरूमा भने आगजनी नभएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका प्रवक्ता तथा डीएसपी सुमन पोखरेलले जानकारी दिए। बेलडाँगीबाट लुटिएका हातहतियार फेला परिसकेको बताउँदै प्रवक्ता पोखरेलले भने, ‘प्रदर्शनकारीहरूले पृथ्वीनगरमा लिलामका लागि राखिएको एउटा बोलेरो गाडी र मोटरसाइकल जलाइदिए।’

सुरक्षाको दृष्टिकोणले तीन वटा बेस क्याम्पलाई हाल मर्ज गरिएको छ। खुदुनावारी बेस क्याम्प, टिमाई बेस क्याम्प र गोलधाप बेस क्याम्पलाई मर्ज गरिएको हो। खुदुनावारी र टिमाईलाई शनिश्चरे बेस क्याम्पमा मर्ज गरिएको छ। त्यस्तै गोलधापलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापामा मर्ज गरिएको उनले बताए। जनशक्तिलाई एकत्रित पार्न मर्ज गरिए पनि ती बेस क्याम्पहरु खाली नगरिएको र केही दिनमै पुनर्स्थापित गरिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ ...
: सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्। ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल बुधबार सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी लिएका हुन्। मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए। उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए। मन्त्री घिसिङले सर्वोच्च ...
: संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरूले संसद् भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने भएपनि संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन्। निरीक्षणपछि ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा ...
: राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रियसभाको चालु अधिवेशन भदौ ३१ गते राति १२:०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेका छन्। ...
: जेनजी आन्दोलनको क्रममा इटहरी उपमहानगरपालिका कार्यालयमा लगाइएको आगो र तोडफोडका घटनाबाट पूर्णरूपमा क्षति पुगेको कार्यालयले अब दैनिक सेवा सुचारु गर्ने तयारी गरेको छ। मंगलबार उपमहानगरको कार्यपालिका बैठकले भदौ २४ गतेको आगलागीमा ध्वस्त बनेको कार्यालय प्राङ्गणमै बसेर असोज ४ गतेदेखि सेवा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले जानकारी दिए। उनले कार्यालय सञ्चालनमा चाहिने सामग्रीहरू ...