मुख्य समाचार
धरान उपमहानगरपालिकामा जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोडका घटनाबारे संलग्नहरूलाई स्थानीय राजनीति दह र पीडितहरूले कडा कारवाहीको माग
धरान उपमहानगरपालिकामा जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोडका घटनाबारे संलग्नहरूलाई स्थानीय राजनीति दह र पीडितहरूले कडा कारवाहीको माग

: सुनसरीको धरान उपमहानगरपालिकामा भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोडका घटनाबारे संलग्नहरूलाई स्थानीय राजनीति दह र पीडितहरूले कडा कारवाहीको माग गरेका छन्।



धरानका पूर्वमेयर मनोज मेन्याङबोले आफ्नै होटल कंचनजङ्घामा आगजनी गर्नेविरुद्द इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। मेन्याङबोले सञ्चालन गर्दै आएको कञ्चनजङ्गा होटलमा तोडफोड, आगजनी र करिब ६ लाख रुपैयाँ नगद लुटिएको भन्दै १२ जना प्रतिवादी उल्लेख गरेर कानुनी कारबाहीको माग गरेका हुन्।



आगजनीमा तस्बिर र भिडियो प्रमाणका आधारमा १२ जनाविरुद्ध किटानी जाहेरी दिएको मेन्याङबोले बताए ।


आगजनीमा धरानका पत्रकार बिमल शाक्य,मिलन बान्तवा राई र दिपचन्द्र राई (कान्छी)लगायतका व्यक्तिहरूको पहिचान भइसकेको छ। सोही दिन धरानमा नेपाली कांग्रेस, माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी,प्रदेश सदस्य जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङका घरहरूमा समेत आगजनी भएको थियो।

यी सबै घटनाको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनको दायरामा ल्याउन र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ। धरानका निवर्तमान मेयर तिलक राईले समेत आगजनी र तोडफोडमा संलग्न सबैको पहिचान गरी पक्राउ गर्न र कानुनी कारबाही गर्न माग गरेका छन्। यस्तै,धरानका सबै राजनीतिक दलहरूले पनि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न माग गरेका छन्।

आगजनिमा सम्लग्न दुईजनाले आत्मसमर्पण गरेका छन । उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले बताए । उनले आगजनीमा संलग्न सबैलाई पक्राउ गरी कारवाही गरिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ। उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ ...
: सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्। ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल बुधबार सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी लिएका हुन्। मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए। उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए। मन्त्री घिसिङले सर्वोच्च ...
: जेनजी पुस्ता समूहको आन्दोलनमा अराजक समूह प्रवेश गरी हिंसात्मक प्रदर्शन गर्दै प्रहरी कार्यालयहरूलाई पहिलो निशाना बनाएको थियो। अराजक समूहले गरेको आगजनी र तोडफोडका कारण झापा जिल्लामा २३ वटा प्रहरी कार्यालयमा क्षति भएको छ। ११ वटामा पूर्ण र १२ वटा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए। जिल्लामा ७३ ...
: संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरूले संसद् भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने भएपनि संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन्। निरीक्षणपछि ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा ...
: राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रियसभाको चालु अधिवेशन भदौ ३१ गते राति १२:०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेका छन्। ...