मुख्य समाचार
मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिए
मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिए

: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्।



ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनले राम्रो काम गरिरहेका छन्।'अमेरिकी राष्ट्रपति ट्रम्पले अगाडि लेखेका छन्, 'रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको सहयोगको लागि धन्यवाद।'



यसैबीच,प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जाल पोस्टमार्फत् दुई नेताहरूबीच भएको कुराकानी सार्वजनिक गरेका छन्। प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन् , 'मेरो साथी राष्ट्रपति ट्रम्प,मेरो ७५ औं जन्मदिनमा तपाईंको फोन कल र शुभकामनाको लागि धन्यवाद। तपाईंजस्तै,म पनि भारत-अमेरिका व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पूर्णरूपमा प्रतिबद्ध छु।'


उनले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि ट्रम्पको प्रयासमा पूर्ण समर्थन रहेको बताएका छन्। आज (सेप्टेम्बर १७) प्रधानमन्त्री मोदीको ७५ औं जन्मदिन हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...