: जेनजी आन्दोलनपछि सैनिक ब्यारेकमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ पेरिसडाँडा पुगेका छन्। आज आगजनीबाट ध्वस्त भएको पेरिसडाँडास्थित माओवादी केन्द्रको हेडक्वाटर अध्यक्ष प्रचण्डले अवलोकन गरेका हुन्।
भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनमा सरकार र निजी घरसमेत तोडफोड भएका थिए। जेनजीको प्रदर्शनका क्रममा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरु र घर निशानामा परेर आन्दोलन उग्र हुँदै गएपछि सेनाले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई उद्धार गरेर सुरक्षा दिएको थियो।
अहिले नयाँ सरकार गठन भएर स्थिति सामान्य हुन थालेपछि प्रचण्ड पार्टी कार्यालयमा फर्किएका हुन्।
उनले पार्टी कार्यालय अवलोकनपश्चात प्रचण्डले चाँडै नयाँ कार्यालय भवन भव्य बनाइने उद्घोष गरे। उनले भने, ‘क्षति त पुर्याइयो, पुग्यो तर, देशभित्र र बाहिरका कार्यकर्ताको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ।’ पार्टी बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटर जोगिएको बताउँदै प्रचण्डले सामग्री बचाउन भूमिका खेल्ने कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिए।
पार्टी कार्यालयमा उपाध्यक्ष अग्नि सापकोटा लगायतका नेताहरु पनि पुगेका थिए।