मुख्य समाचार
डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्
डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।'



अष्ट्रेलियाका ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का जोन लियोन्सले ट्रम्पलाई राष्ट्रपति बनिसकेपछि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले चाँडै नै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीसँग भेट्ने बताए। उनले भने,'म उनलाई तपाईंको बारेमा भन्नेछु। तपाईंले धेरै नराम्रो वातावरण सिर्जना गर्नु भएको छ।'



ट्रम्प बोल्दै गर्दै लियोन्सले अर्को प्रश्न सोध्न खोजे । त्यसपछि ट्रम्पले आफ्नो औंला आफ्नो ओठमा राखेर शान्त रहन भने। ट्रम्पले कडा प्रतिक्रिया दिएपछि लियोन्सले भने,' यो सोच्नु मूर्खतापूर्ण हो। '


उनले ट्र्म्पलाई आफूले सोधेका प्रश्नहरू निष्पक्ष ,अनुसन्धानमा आधारित भएको दावी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...