मुख्य समाचार
उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्ने विषयमा छलफल
उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्ने विषयमा छलफल

: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्ने विषयमा छलफल भएको छ।



पर्यटन बोर्डमा नेपालका पर्यटनसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलका क्रममा जेन–जी आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो, क्षतिबाट सिर्जित चुनौतीका बाबजुद नेपालको पर्यटन क्षेत्र पुनर्रुथान र प्रगतिको मार्गमा अघि बढिरहेको निष्कर्ष निकालिएको छ।



पर्यटन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्नका लागि नीतिगत अड्चनहरू फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका छन्। उनले भने, ‘पर्यटन क्षेत्रको पुनर्रुत्थानका लागि आवश्यक सुधारका काममा तत्काल पहल थालिएको छ। नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय पर्यटक लक्षित मुलुकमा सूचना प्रवाह गर्न आवश्यक पहल गर्न हामी काम गरिरहेका छौं।’


सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन्। उनले थपे, ‘यस घटनाले हामीलाई धेरै सिकाएको छ। प्रधानमन्त्री नियुक्ति र क्याबिनेट विस्तार हुने क्रम सुरु भएसँगै नेपालमा आन्दोलन सेफल्यान्डिङ भयो भन्ने सन्देश विश्वभर पुगेको छ। हामी आशावादी भएर काम गरिरहेका छौं।’

नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको विषय पर्यटक लक्षित मुलुकमा सूचना प्रवाह गर्न आवश्यक
सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले पर्यटन पुनस्र्थापनाका लागि ऐक्यबद्घता जनाउँदै, चुनौतीलाई अवसरमा बदल्ने र नेपाललाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउनका लागि ‘पर्यटन प्याकेज’हरू सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनले दूतावास, एनआरएनए र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताएका हुन्।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भइरहेको उल्लेख गर्दै पोखरामा रहेका र त्यहाँ आवागमन गर्ने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरे। उनले थपे, ‘हाम्रा ट्रेकिङ रुटहरू सुरक्षित छन् र साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ। त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकहरूलाई सहजीकरणका लागि हामी तयार छौं।’

नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताए। ‘साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन। साहसिक पर्यटनका क्षेत्रहरू सुरक्षित भएकाले पर्यटकहरूको संख्या बढ्दै गएको छ,’ उनले थपे। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित रहेको सन्देशलाई प्रवाह गर्नुपर्ने बताए। ‘प्राकृतिक विपद् र अहिलेको संकट फरक भएकोले हामीले दीर्घकालीन समाधानमा काम गरिरहेको छौं र थप रणनीतिहरू बनाउनुपर्नेछ,’ उनले भने।

पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले रिकभरीका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताए। ‘हरेक संकटपछि नेपालको पर्यटन पुनर्रुथानमा पाँच–पाँच वर्ष लाग्ने गरेको छ। यस पटक हामीले छोटो अवधिमै रिकभरी गर्ने गरी काम गर्नुपर्छ,’ भण्डारीले भने।

त्यस्तै, बोर्ड सदस्य तथा पाटाका महासचिव नरेन्द्रदेव भट्टले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरूसँग समन्वय गर्दै विदेशी पर्यटकको सुरक्षा प्राथमिकतामा ध्यान दिनुपर्ने उल्लेख गरे। टान अध्यक्ष सागर पाण्डे र कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष विमल नहर्कीले कैलाश यात्रामा सहजीकरण गर्नुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डले स्थिति सामान्य भएसँगै आइतबार नेपालका पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँग छलफल गरेको थियो। उक्त छलफलका क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न संकटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनर्रुत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ पर्यटन क्षेत्र सक्रिय बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘नेपालमा भएका पर्यटकीय क्षेत्रहरूबारे थप प्रचार–प्रसार गर्न र पर्यटकहरूको सुरक्षाका विषयमा ध्यान दिन आवश्यक छ। यसका लागि हामीले राज्यका विभिन्न निकायसँग समन्वयन गरेर काम गरिरहेका छौं।’

त्यसैगरी, बोर्डले सोमबार नै नेपालमा रहेका पाँचतारे र चारतारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ। उक्त छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरू पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीहरूले बताए। उक्त छलफलमा अधिकांश होटल व्यवसायीहरूले पर्यटकहरूको स्वागतका लागि तयार रहेको बताए। उनीहरूको सहज आवागमन र बसाईंका लागि राज्य निकायले सहजीकरण गर्ने विषयमा पनि छलफल भएको छ।

छलफलका क्रममा सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले एउटै आवाजमा नेपालको पर्यटन पुनस्र्थापनाका लागि ऐक्यबद्धता जनाउँदै पछिल्लो समय सिर्जना भएको चुनौतीलाई अवसरमा बदल्ने र नेपाललाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...
। विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन ...
: धनगढीका हेमराज जोशीले साउन महिनाको पाक्षिक बम्पर पुरस्कार जितेका छन्। उनले २ सय ५० रुपैयाँको बिजुलीको बल्ब किन्दा १० लाख राशिको उपहार पाएका हुन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित साउन महिनाको दोस्रो ...