मुख्य समाचार
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन्

। जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् ।

प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाँडाको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए ।


उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, कान्तिपुर टेलिभिजन र अरु नेताहरुको जलेको घर अवलोकन गरेका छन् । शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तको जलेको घर अध्यक्ष नेपालले अवलोकन गरे ।

स्रोतका अनुसार माधव नेपाललाई सेनाले २५ भदौमै ब्यारेकबाट छोडेको थियो । माधवलाई प्रचण्डसँगै सिंहदरबारस्थित सेनाको ब्यारेकमा राखिएको थियो । विपक्षी दलहरुको बैठकका निम्ति त्यहाँ पुगेका प्रचण्ड र माधवलाई त्यहीं सेनाको ब्यारेकमा राखिएको थियो ।



‘धेरैले शिवपुरीमा नजरबन्द गरिएको भनेर हल्ला चलाए । कतिपयले भैरवनाथ गणमा राखिएको भने’ स्रोतले भन्यो, ‘तर उहाँहरुलाई एक दिन सिंहदरबारमा राखिएको हो। भोलिपल्टदेखि आफन्तको घरमा बस्दै आउनुभएको छ ।’

अहिले प्रचण्ड र माधव नेपालले आफन्तको घरमा शरण लिंदै आएका छन् । प्रचण्डले हरेक दिन आफू बस्ने डेरा सार्दै आएको माओवादी स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...