मुख्य समाचार
भीमफेदी कारागारबाट भागेका १६१ कैदीबन्दी पक्राउ, २७९ जना अझै फरार
भीमफेदी कारागारबाट भागेका १६१ कैदीबन्दी पक्राउ, २७९ जना अझै फरार

। जेनजीहरुको आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागार तोडफोड गरेर भागेका १६१ जना कैदीबन्दी पक्राउ परेका छन् ।

कारागार प्रशासनले दिएको जानकारीअनुसार सोमबार साँझ ७ बजेसम्म १६१ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर कारागार फर्काइएको हो ।

१ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारको ‘क’ ब्लक र ‘ख’ ब्लक तोडफोडपछि गत बुधवार मध्यराती र बिहान गरेर ४४० जना कैदीबन्दी फरार भएका थिए ।

गत बुधवार मध्यरातमा ‘क’ ब्लकबाट २६० जना र बिहानको समयमा ‘ख’ ब्लकबाट १८० कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए । २७९ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए । उनीहरुको तीव्र खोजी भइरहेको उनले बताए ।



सोमबार १८ जना कैदीबन्दी आफैं कारागारको सम्पर्कमा आएको कारागार प्रमुख पौडेलले जनाए । हाल भीमफेदी कारागारमा ८ सय ३४ जना कैदीबन्दी रहेका छन् ।

६० जना अन्य कारागारबाट फरार भई पक्राउ परेका कैदीबन्दीहरु भीमफेदी कारागारमा ल्याइएको छ । जसमध्ये ६ जनालाई सोमबार सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको प्रमुख पौडेलले बताए ।

गत बुधवार कारागारमा सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको थियो । झडपमा सेना र सशस्त्र प्रहरीले २०० भन्दा बढी हवाई फायर गरेको थियो । कैदीबन्दीहरुले कारागारको पश्चिम तर्फको पर्खाल भत्काएर भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल छन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह होम विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धरान–१९ खिम्दिङक ...
। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आर्थिक कारोबार नगद रहित बनाउने राष्ट्र पति रामचन्द्र पौडेलले घोषणा गरेका हुन् । पौडेलका अनुसार आगामी आर्थिक वर्षमा आर्थिक कारोबार नगद रहित र पारदर्शी बनाइनेछ ।
। मोरङको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारु बरामद गरेको छ । आइतबार राति उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । ५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै ...
। सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजी (नायव महानिरीक्षक) बढुवा भएका ६ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा एक कार्यक्रमकाबीच बढुवा भएका ६ अधिकृतलाई सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न प्रदान गरे । दर्ज्यानी चिह्न प्राप्त गर्नेहरूमा दिग्विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक सम्वाद गरेकी छन् । हिजो दिउँसो १ बजे गुन्डु पुगेकी भण्डारीले दुई घण्टा बढी सम्वाद गरेकी छन् । स्रोतका अनुसार स्वास्थ्य अवस्था बुझ्न भनेर गुन्डु पुगेकी भण्डारीले ओलीसँग एमालेको आन्तरिक राजनीतिबारे सुझाव समेत दिएकी छन् । ‘पदाधिकारीदेखि तल कार्यकर्तासम्मले निर्वाचनको समीक्षा बैठक राख्न माग राखिरहेको ...