मुख्य समाचार
माओवादी केन्द्रका विद्यार्थी नेता रविकिरण यादवले पार्टी परित्याग गरेको घोषणा
माओवादी केन्द्रका विद्यार्थी नेता रविकिरण यादवले पार्टी परित्याग गरेको घोषणा

। नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता रविकिरण यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

हालै विद्यार्थी संगठन पार्टीको आन्तरिक कलहभन्दा माथि उठ्न नसकेको भन्दै निष्कृय भएका यादवले आज सामाजिक सञ्जालमार्फत् पार्टी पनि परित्याग गरेको जानकारी दिएका हुन् ।

रविकिरण माओवादी नेता मातृका यादवका छोरा हुन् । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पूर्वउपाध्यक्ष रहेका यादव हाल पार्टीको उपत्यका विशेष प्रदेश सदस्य थिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘युवा हुनुको औचित्य मात्र पनि स्थापित गर्न र नैतिकताका आधारमै भए पनि आजको मितिबाट नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने घोषणा गर्दछु ।’



‘देश रोइरहेको’ भन्दै उनले लेखेका छन्, ‘हिजोको आन्दोलनले मलाई निदाउन दिएको छैन, अझ त्यसमाथि क्रान्तिकारी भनिएको हाम्रो पार्टीको कर्मकाण्डी औपचारिक/अनौपचारीक निर्णयले हिजो दन्केको आगोलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा डाउनप्ले गर्न खोजेको भनेर लिएको छु । अत: एमाले, कांग्रेस मात्र होइन, प्रतिपक्षी भएर पनि प्रतिपक्षीको भूमिकामा बस्न अफ्ठ्यारो मानेको हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) मा म एक युवाको नाताले आबद्ध भएर बसिरहन उपयुक्त ठानिनँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा वाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ रोएका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् । भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेकाले आफूले इच्छा देखाएको उनको ...
। जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् । प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाँडाको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए । उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, ...
। विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज भिडियो सन्देश जारी गर्दै ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको भन्दै विरोध जनाएका हुन् । उनले भनेका छन्, ‘सम्पूर्ण नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । सरकारको निर्माण जेन जी र ...
। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् । पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’ आफूलाई प्रधानमन्त्री ...
। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरू बीच छलफल भएको थियो ...