मुख्य समाचार
नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी
नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी

: नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी गरेको छ। आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको ठहर गरेको हो।



देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको कांग्रेसको ठहर छ। ‘जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरूदेखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ। यो अत्यन्तै अकल्पनीय र दुःखद घटना निन्दनीय र भत्र्सना योग्य छ। सरकारले क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गरोस्।’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ। यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ। यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ। अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको स्मरण गराउँदछौं।’



उपसभापति खड्काले जेएनजीद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनमा युवाहरू सहादत हुनु र खबौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति हुनु अत्यन्तै दुःखद रहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मी लगायतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, परिवारजनमा गहिरो समवेदना दोहोर्‍याउन चाहन्छौं।’


सम्पूर्ण घटनाको छानबिन गर्न माग गरिसकेको बताउँदै कांग्रेसले सरकारलाई पुनः स्मरण गराएको छ। कांग्रेसले लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वतापूर्ण भौतिक आक्रमणको भर्त्सना गरेको छ।

लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ। उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी पार्टीका अग्रजहरु, नेताहरु, पार्टीका साथीहरु तथा अन्य राजनीतिक दलका नेताहरु माथि भएको भौतिक आक्रमण निन्दनीय र भत्र्सना योग्य छ। उहाँहरु लगायत आन्दोलनका क्रममा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

उपसभापति खड्काले विद्यमान राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणाहरू तय गर्दै अघि बढ्न कांग्रेस दृढ प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी ...
: प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। आज पदभार ग्रहणपश्चात कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्। उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म ...
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् । गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । यस्तै राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिए ।
: जेनजी आन्दोलनका क्रममा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ परेका छन्। विभिन्न कारागारबाट भागेका कैदीरबन्दीहरुलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो। जिल्ला प्रहरी काभ्रेले कर्तव्य ज्यान १२, जबरजस्ती करणी ९, लागुऔषध ४, चोरी ४, अपहरण तथा शरीर बन्धक २, सवारी ज्यान २, ओभर स्टे १, ठगी २ र मानव बेचबिखन १ गरी ३७ ...
— नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज कार्यभार सम्हालेका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ लिएपछि सिधै अर्थ मन्त्रालयमा कार्यभार सम्हालेका हु्न् । कार्यभार सम्हाल्ने क्रममा अर्थमन्त्री खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने बताएका छन् । आफ्नो अध्यक्षतामा गठित अर्थतन्त्र सुधारका लागि ...