मुख्य समाचार
एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ
एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ

: एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता सुचारु हुने मिति चाँडै घोषणा गरिने जनाएको हो। लिग चरणका १६ मध्ये नौ खेल सम्पन्न भइसकेको र बाँकी सात खेलको मिति नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकलगायत सरोकारवालासँगको सहमतिपछि घोषणा गरिने आयोजकले जनाएको छ।



इन्फिनिटी ड्रिम्स प्रालिकी सीईओ स्नेभी चापागाईंले प्रतियोगितामा सहभागी हुन आएका स्वदेशी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक टोलीलाई सुरक्षित रूपमा घर पठाइसकिएको जानकारी दिइन्। सीइओ स्नेभी चापागाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘प्रतियोगितामा सहभागी हुन आएका स्वदेशी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक टोलीलाई सुरक्षित रूपमा घर पठाइसकेका छौं’, उनले विज्ञप्तिमा भनेकी छन्। देशको पछिल्लो राजनीतिक परिस्थितिपछि प्रतियोगिता स्थगित गरिएको थियो।


पोखराको बहुउद्देशीय कभर्डहलमा भएको प्रतियोगितामा पहिलो संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेस युनाइटेड, काठमाडौं स्पाइकर्स, लुम्बिनी लाभाज र पोखरा निन्जाजले प्रतिस्पर्धा गरेका थिए। यस पटक पहिलो संस्करण खेलेको गण्डकी थन्डर्सको स्थानमा पोखरा निन्जाज र चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज भित्रिएका थिए।

तीन खेलमा नौ अंक जोडेको ललितपुर क्विन्स अंक तालिकाको शीर्ष स्थानमा छ। नौ अंक नै जोडेको साविक विजेता कर्णाली यशविस दोस्रो स्थानमा छ। यस्तै तीन अंक जोडेको मधेस युनाइटेड तेस्रो, तीन अंक नै बनाएको काठमाडौं स्पाइकर्स चौथो, दुई अंक जोडेको लुमिबनी लाभाज पाँचौं र एक अंक जोडेको पोखरा निन्जाज छैटौं स्थानमा छन्।

लिगको दोस्रो संस्करणमा सहभागी हुन १० देशका १८ खेलाडी नेपाल आएका थिए। जसमा एसियाली राष्ट्र थाइल्याण्डदेखि नेदरल्यान्ड्स, रुस, क्रोएसिया, ग्रिस, रोमानिया, बुल्गेरिया, अमेरिका र ब्राजिलका खेलाडी छन्। लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार विदेशी खेलाडी अनुबन्ध गरेका थिए। ६ वटै फ्रेन्चाइज टोलीले कोटा अनुसार तीन विदेशी खेलाडी

अनुबन्ध गरेका थिए।

यस पटक थाइल्यान्डबाट सबैभन्दा धेरै पाँच खेलाडी नेपाल आएका थिए। यस्तै नेदरल्यान्ड्सबाट तीन, रुस र ब्राजिलबाट दुई÷दुई, अमेरिका, किर्गिस्तान, क्रोएसिया, ग्रिस, रोमानिया र बुल्गेरियाबाट एक÷एक खेलाडी अनुबन्ध गरिएको थियो। पहिलो संस्करणमा छिमेकी राष्ट्र भारतका खेलाडी आए पनि दोस्रो संस्करणमा भने भारतका कोही पनि खेलाडीलाई फ्रेन्चाइज

टोलीले ल्याएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...