मुख्य समाचार
एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ
एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ

: एभरेष्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट फेरि सुरु हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता सुचारु हुने मिति चाँडै घोषणा गरिने जनाएको हो। लिग चरणका १६ मध्ये नौ खेल सम्पन्न भइसकेको र बाँकी सात खेलको मिति नेपाल भलिबल संघ, फ्रेन्चाइज टिम र प्रायोजकलगायत सरोकारवालासँगको सहमतिपछि घोषणा गरिने आयोजकले जनाएको छ।



इन्फिनिटी ड्रिम्स प्रालिकी सीईओ स्नेभी चापागाईंले प्रतियोगितामा सहभागी हुन आएका स्वदेशी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक टोलीलाई सुरक्षित रूपमा घर पठाइसकिएको जानकारी दिइन्। सीइओ स्नेभी चापागाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘प्रतियोगितामा सहभागी हुन आएका स्वदेशी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिक टोलीलाई सुरक्षित रूपमा घर पठाइसकेका छौं’, उनले विज्ञप्तिमा भनेकी छन्। देशको पछिल्लो राजनीतिक परिस्थितिपछि प्रतियोगिता स्थगित गरिएको थियो।


पोखराको बहुउद्देशीय कभर्डहलमा भएको प्रतियोगितामा पहिलो संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेस युनाइटेड, काठमाडौं स्पाइकर्स, लुम्बिनी लाभाज र पोखरा निन्जाजले प्रतिस्पर्धा गरेका थिए। यस पटक पहिलो संस्करण खेलेको गण्डकी थन्डर्सको स्थानमा पोखरा निन्जाज र चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज भित्रिएका थिए।

तीन खेलमा नौ अंक जोडेको ललितपुर क्विन्स अंक तालिकाको शीर्ष स्थानमा छ। नौ अंक नै जोडेको साविक विजेता कर्णाली यशविस दोस्रो स्थानमा छ। यस्तै तीन अंक जोडेको मधेस युनाइटेड तेस्रो, तीन अंक नै बनाएको काठमाडौं स्पाइकर्स चौथो, दुई अंक जोडेको लुमिबनी लाभाज पाँचौं र एक अंक जोडेको पोखरा निन्जाज छैटौं स्थानमा छन्।

लिगको दोस्रो संस्करणमा सहभागी हुन १० देशका १८ खेलाडी नेपाल आएका थिए। जसमा एसियाली राष्ट्र थाइल्याण्डदेखि नेदरल्यान्ड्स, रुस, क्रोएसिया, ग्रिस, रोमानिया, बुल्गेरिया, अमेरिका र ब्राजिलका खेलाडी छन्। लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार विदेशी खेलाडी अनुबन्ध गरेका थिए। ६ वटै फ्रेन्चाइज टोलीले कोटा अनुसार तीन विदेशी खेलाडी

अनुबन्ध गरेका थिए।

यस पटक थाइल्यान्डबाट सबैभन्दा धेरै पाँच खेलाडी नेपाल आएका थिए। यस्तै नेदरल्यान्ड्सबाट तीन, रुस र ब्राजिलबाट दुई÷दुई, अमेरिका, किर्गिस्तान, क्रोएसिया, ग्रिस, रोमानिया र बुल्गेरियाबाट एक÷एक खेलाडी अनुबन्ध गरिएको थियो। पहिलो संस्करणमा छिमेकी राष्ट्र भारतका खेलाडी आए पनि दोस्रो संस्करणमा भने भारतका कोही पनि खेलाडीलाई फ्रेन्चाइज

टोलीले ल्याएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...