मुख्य समाचार
वेष्ट इन्डिजसँग ३ खेल सम्मेलित टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा
वेष्ट इन्डिजसँग ३ खेल सम्मेलित टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा

: वेष्ट इन्डिजसँग ३ खेल सम्मेलित टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इन्डिजसँग खेल्ने नेपाली टोलीको नाम सार्वजनिक गरेको हो।



टाेलीमा नेपाल 'ए' टिमबाट आसामसँगको सिरिजमा राम्रो प्रदर्शन गरेका आदिल आलमले नेपालको सिनियर टिममा पुनरागमन गरेका छन्। २ वर्षभन्दा लामो समय क्रिकेटबाट निलम्बनमा रहेका आदिलले 'ए' टिम हुँदै सिनियर टिममा परेका हुन्।



'ए' टिममा राम्रो खेलेका सन्दीप जोराले पनि सिनियर टिममा स्थान बनाएका छन्। नेपाली टुरमा यसअघि रहेका भिम सार्की र रुपेश कुमार सिंह भने टिममा अटाएनन्।


नेपाली टोलीले सेप्टेम्बर २७, २९ र ३० मा यूएईको सारजाह क्रिकेट स्टेडियममा यो सिरिज खेल्नेछ ।

वेष्ट इन्डिजसँग खेल्ने नेपाली टोलीः
रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), आशिफ शेख(विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...