गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् ।
गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । यस्तै राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिए ।