मुख्य समाचार
रुपन्देहीले तोडफोड, आगजनी एवं लुटपाट हुनुअघि र भएपछिको रेकर्ड उपलब्ध गराउन आग्रह
रुपन्देहीले तोडफोड, आगजनी एवं लुटपाट हुनुअघि र भएपछिको रेकर्ड उपलब्ध गराउन आग्रह

— जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तोडफोड, आगजनी एवं लुटपाट हुनुअघि र भएपछिको रेकर्ड उपलब्ध गराउन आग्रह गरेको छ।


कार्यालयले विज्ञप्ति जारी गर्दै सम्बन्धित प्रतिष्ठान तथा निजी भवन एवं पसलमा रहेका सीसीटिभी फुटेज, भिडियो रेकर्डलगायतका प्रविधियुक्त रेकर्ड सूचना प्रमाणका रूपमा महत्त्वपूर्ण हुने भएकाले आफूसँग भएका फोटो, भिडियो, जानकारी उपलब्ध गराउन आग्रह गरेको हो।


पछिल्लो समय देशका विभिन्न भागमा भएका आन्दोलनका कारण भदौ २३ देखि २८ गतेसम्म रुपन्देहीका संघ, प्रदेश, स्थानीय तहका कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, उद्योग, वाणिज्य, व्यापार संघ एवं व्यावसायिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, उद्योग–धन्दा, कलकारखाना, निजी भवन, पसललगायतका संरचना र सवारीसाधनमा भएको तोडफोड, लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी प्रक्रियाअघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए।

यस प्रकारका क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहलाई कानुन बमोजिम कारबाही गर्न आफूसँग भएका फोटो, भिडियो, जानकारी जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा उपलब्ध गराउन रानाले आग्रह गरे।

जिल्लामा सार्वजनिक सेवा प्रवाहका कार्यालयलगायत विद्यालय, व्यापार, व्यवसाय सञ्चालनमा आइ जनजीवन सामान्य बन्दै गएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी गरेको छ। आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको ठहर गरेको हो। देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको ...
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी ...
: प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। आज पदभार ग्रहणपश्चात कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्। उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म ...
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् । गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । यस्तै राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिए ।
: जेनजी आन्दोलनका क्रममा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ परेका छन्। विभिन्न कारागारबाट भागेका कैदीरबन्दीहरुलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो। जिल्ला प्रहरी काभ्रेले कर्तव्य ज्यान १२, जबरजस्ती करणी ९, लागुऔषध ४, चोरी ४, अपहरण तथा शरीर बन्धक २, सवारी ज्यान २, ओभर स्टे १, ठगी २ र मानव बेचबिखन १ गरी ३७ ...