मुख्य समाचार
हत्यापछि ट्रम्पले अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन्
हत्यापछि ट्रम्पले अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन्

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् ।


उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ।’


उनले यस्तो अपराध गैर कानुनी रुपमा रहँदै आएका क्यूवाका नागरिकले गरेको पनि बताएका छन् । ‘ती व्यक्ति हाम्रो देशमा कहिल्यै पनि हुनुहुन्थेन । पहिला पनि ती व्यक्तिलाई गम्भीर अपराधका लागि पक्राउ गरिएको थियो’ ट्रम्पले भनेका छन् ।

साथै उनले अब गैरकानुनी रुपमा अमेरिकामा बसेका आप्रवासीमाथि नरम व्यवहार गर्ने समय सकिसकेको बताएका छन् । ‘मेरो टिमले अमेरिकालाई फेरि सुरक्षा बनाउनका लागि काम गरिरहेको छ,’ उनको भनाइ छ ।

गत साता टेक्सासको डाउनटाउन सुइट्स मोटेलमा ५० वर्षीय भारतीय मूलका चन्द्र नागमल्लैयाको हत्या गरिएको थियो । प्रहरीका अनुसार यो हत्या वाशिङ्ग मेसिनलाई लिएर भएको विवादपछि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए। रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी ...
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको बिहीबार एक कार्यक्रममा गोली प्रहार गरी हत्या गरिएको छ। घटना युटा राज्यस्थित युटा भ्याली विश्वविद्यालयमा भएको हो। किर्क त्यहाँ ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रममा सहभागी भएका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएअनुसार, किर्क एउटा टेन्ट मुनि माइक समातेर बोलिरहेका थिए। त्यही क्रममा अकस्मात् ...