मुख्य समाचार
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित बर्नलीलाई १–० ले पराजित
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित बर्नलीलाई १–० ले पराजित

– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित बर्नलीलाई १–० ले पराजित गरेको छ । मोहम्मद सलाहले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । टर्फ मुरमा भएको यो खेलको नतिजापछि लिभरपुलको शतप्रतिशत सुरुआत कायम राख्दै फेरि लिग तालिकाको शीर्षमा उक्लेको छ ।


यो नतिजापछि लिभरपुलको ४ खेलबाट १२ अंक भएको छ । बर्नली खेलको अन्त्यमा १० खेलाडीमा सीमित रह्यो । लेस्ली युगोचोक्वु रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । बर्नलीको ४ खेलबाट ३ अंक छ ।


आइतबारकै अर्को खेलमा .म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ३–० ले पराजित गरेको थियो । इतिहाद स्टेडियममा भएको खेलमा फिल फोडेनले सिटीलाई १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसमा इर्लिङ हालान्डले ५३ औं र ६८ औं मिनेटमा दुई गोल थपेका थिए ।

त्यसअघि फाबियो कार्भाल्होले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि ब्रेन्टफोर्डले शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको थियो । मोसे काइसेडोले ८५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ ले अगाडि राखेपछि टिम विजयतर्फ अग्रसर देखिएको थियो ।

यसअघि केभिन स्चाडेको गोलमा ब्रेन्टफोर्डले अग्रता लिएपछि कोल पाल्मरले बराबरी गोल फर्काएका थिए । यो यो नतिजापछि चेल्सी ८ अंकसहित पाँचौं स्थानमा छ । टोटनहमले वेस्ट ह्यामलाई ३–० ले पराजित गरेको थियो । ४ खेलमा तेस्रो जित हात पारेर टोटेनहम तेस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...