: रसुवामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४ सिओका ५२ वर्षीय ल्हासिङ तामाङको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले बताए।
तामाङ भदौ २७ गते बिहान कामका लागि घरबाट निस्किएका थिए। रातिसम्म नफर्किएपछि आफन्त र स्थानीयवासीले खोजी गर्ने क्रममा भदौ २८ गते साँझ बाहुनडाँडामा उनको शव फेला परेको हो। तामाङको रसुवा अस्पतालमा पोस्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।