– सुरक्षाका दृष्टिले अति संवेदनशील सिनामंगल हवाई इन्धन डिपो नेपाली सेनाको कडा सुरक्षा घेराबाट सुरक्षित गरिएको छ । आन्दोलन र प्रदर्शनका क्रममा तगारो बन्ने गरेको डिपोमा पछिल्लो पटकको प्रदर्शनमा १ सय सैनिकको सुरक्षा दिएको आयल निगम हवाई इन्धन डिपो सिनामंगल प्रमुख प्रदीप यादव बताए ।
भदौ २३ को आन्दोलनमा डिपोलाई १ सय जना सैनिकले सुरक्षा दिएका थिए । ‘५० जना सेना हतियारसहित गेटमा तैनाथ थिए । बाँकी ५० जनाले डिपोभित्र सुरक्षा दिएका थिए,’ यादवले भने, ‘डिपो हुँदै दुई–तीन हजार प्रदर्शनकारी गए पनि डिपोमा आक्रमण भएन । सैनिक तयारी अवस्थामा बसेकै कारण प्रदर्शनकारी डिपो र्छिन सकेनन् ।’