: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ।
गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए।
रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी छैनौँ। राष्ट्रपति पनि यसबाट खुसी थिएनन्। अब हामीले अगाडि बढ्नु पर्छ र अब के हुन्छ हेर्नु पर्छ।ʼ
अरब नेताहरूले कतारलाई समर्थन जनाउन शिखर सम्मेलन आयोजना गरेपछि यो बैठक भइरहेको छ।
कतारका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई दोहोरो मापदण्डबाट बच्न र इजरायललाई दण्डित गर्न आह्वान गरेका छन्।