मुख्य समाचार
क्याथे प्यासिफिकले काठमाडौं उडान अस्थायी रूपमा स्थगित गर्‍यो
क्याथे प्यासिफिकले काठमाडौं उडान अस्थायी रूपमा स्थगित गर्‍यो

क्याथे प्यासिफिक एयरवेजले हालको परिस्थितिका कारण काठमाडौंबाट भोलिदेखि हुने उडान अस्थायी रूपमा स्थगित गरेको छ।


एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकलाई पठाएको पत्र अनुसार फ्लाइट सीएक्स ६४० (हङकङ–काठमाडौं–हङकङ) १५ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म सञ्चालनमा हुनेछैन। कम्पनीले १ अक्टोबर २०२५ देखि अवस्था समीक्षा गरी उडान पुनः संचालनमा आउने जनाएको छ। स्रोतका अनुसार, क्याथेका पाइलट र क्याबिनक्रू बास बस्ने होटल हयातमा आक्रमण भएको घटनापछि उडान स्थगन गर्ने निर्णय गरेको हो । ‘क्याथे आफ्ना कर्मचारीको हकहितमा ज्यादै संवेदनशील छ,’ स्रोत भन्छ, ‘अबको नेपालको शुरक्षाको अवस्था हेरेर मात्रै उसले उडानलाई निरन्तरता दिने/नदिने निर्णय लिने छ ।’ यात्रुहरूलाई अग्रिम रूपमा जानकारी दिइसकिएको छ र टिकट रिफन्ड, रूट परिवर्तन वा पछि बुकिङ गर्न सुविधा उपलब्ध गराइनेछ। एयरलाइन्सले यात्रुहरूलाई आवश्यक सहयोग गर्ने पनि जनाएको छ। यस निर्णयको सूचना विमानस्थल सुरक्षा, भन्सार, नागरिक उड्डयन, इमिग्रेसन र सम्बन्धित विभागहरूलाई पठाइएको छ। आन्दोलनअघि क्याथेले दैनिक हङकङ-काठमान्डौ-हङकङ उडान गर्दै आइरहेको थियो । नेपालका लागि पर्यटक ल्याउने मुख्य वायुसेवामा पर्ने क्याथे १९९७ देखि उडानमा छ । त्यसबेला यसले ड्रयागन एयरका नाममा उडान गरेको थियो । २००७ पछि क्याथेको नाममा उडान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी गरेको छ। आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको ठहर गरेको हो। देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको ...
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी ...
: प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। आज पदभार ग्रहणपश्चात कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्। उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म ...
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् । गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । यस्तै राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिए ।
: जेनजी आन्दोलनका क्रममा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ परेका छन्। विभिन्न कारागारबाट भागेका कैदीरबन्दीहरुलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो। जिल्ला प्रहरी काभ्रेले कर्तव्य ज्यान १२, जबरजस्ती करणी ९, लागुऔषध ४, चोरी ४, अपहरण तथा शरीर बन्धक २, सवारी ज्यान २, ओभर स्टे १, ठगी २ र मानव बेचबिखन १ गरी ३७ ...