मुख्य समाचार
जेनजी आन्दोलनका क्रममा जनकपुरधाममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ
जेनजी आन्दोलनका क्रममा जनकपुरधाममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ

: जेनजी आन्दोलनका क्रममा जनकपुरधाममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।



धनुषा प्रहरीले भदौ २४ गते जेनजी पुस्ताको आन्दोलन तथा प्रदर्शनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरेको धनुषा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।



प्रहरी प्रमुख रेग्मीका अनुसार घटनामा संलग्नहरूमा शहीदनगर नगरपालिका–३ का शिवम साह र जनकपुरधाम उपमहानगरपालिका-१३ का काले पटेल रहेका छन्। उनीहरूले प्रदेश लोकसेवा आयोगको कार्यालयमा गेट र सीसीटीभी तोडफोड गरेर गाडीमा आगजनी समेत गरेको आरोप छ। त्यहाँबाट प्रहरीले प्रयोग गर्ने केही हतियार पनि लुटेर फरार भएका थिए।


यस्तै, जनकपुरधाम–८ स्थित बलवा प्रहरी चौकीमा तोडफोड र आगजनीमा संलग्न निरोज मिश्र र कृष्ण यादव पक्राउ परेका छन्। मधेश प्रदेशका विभिन्न मन्त्रालय भित्र तोडफोड, आगजनी र लुटपाट गरी कम्प्युटर, प्रिन्टर लगायतका सामग्री चोरीमा संलग्न चन्दन कुमार साह र गौतम भगत पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट २ थान कम्प्युटर र १ एक थान प्रिन्टर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरू सबैलाई सार्वजनिक अपराध र सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा अनुसन्धान अघि बढाइएको छ। एसपी रेग्मीका अनुसार थप संलग्न व्यक्तिहरूको खोजी कार्य जारी छ। साथै, धनुषा प्रहरीले सिन्धुली र महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका १० जना नेपाली बन्दीहरूलाई पनि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले २६ गतेदेखि आइतबारसम्म फरार कैदीहरू पक्राउ गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ भएको दाबी गरेको छ। आइतबार उपसभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको ठहर गरेको हो। देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको ...
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गरेकी हुन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी ...
: प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। आज पदभार ग्रहणपश्चात कर्मचारीलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्। उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म ...
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै केही निर्णय गरेका छन् । गत २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई काजकिरियाबापत १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय मन्त्री अर्यालले गरेका छन् । यस्तै राष्ट्रिय शोक दिवस मनाउने र राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको उनले जानकारी दिए ।
: जेनजी आन्दोलनका क्रममा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ परेका छन्। विभिन्न कारागारबाट भागेका कैदीरबन्दीहरुलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो। जिल्ला प्रहरी काभ्रेले कर्तव्य ज्यान १२, जबरजस्ती करणी ९, लागुऔषध ४, चोरी ४, अपहरण तथा शरीर बन्धक २, सवारी ज्यान २, ओभर स्टे १, ठगी २ र मानव बेचबिखन १ गरी ३७ ...