— सिरहामा जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड, लुटपाट र आगजनी गरेपछि विस्थापित भएर घर गएका प्रहरी कार्यालय फर्किन थालेका छन् । अवस्था सामान्य बन्दै गएपछि प्रहरी कार्यालय फर्किन थालेका हुन् ।
प्रहरी नभएपछि असुरक्षित महसुस गर्दै अहिले स्थानीयहरूले नै प्रहरीलाई आग्रह गरी फिर्ता बोलाइरहेका छन् । यसरी कार्यालय फर्किने प्रहरीहरूलाई स्थानीयले स्वागत गर्ने गरेका छन् । यससँगै प्रहरीले सेवा प्रवाह सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए ।
आन्दोलनका क्रममा जिल्लाका डेढ दर्जन प्रहरी कार्यालयमाथि आक्रमण भएको थियो ।