मुख्य समाचार
जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रुपमा ध्वस्त
जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रुपमा ध्वस्त

। जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ । साथै मन्त्रालयले अस्थायी रूपमा आफूलाई व्यवस्थापन गर्न स्थान खोजिरहेको जनाएको छ ।

रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन खरानी भएका छन् । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ। हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म घाइतेको उपचारमा केन्द्रित भएर समन्वयकारी भूमिका गरिरहेको र अस्पताललाई आवश्यक पर्ने सामग्री दिने तथा त्यहाँबाट प्रदर्शनमा घाइतेको जनकारी लिने काम गरिरहेको बताए ।

उनले भने, ‘भवनको सबै कोठा, सरसामान जलेर नष्ट भएको छ । कुनै पनि बाँकी छैन । त्यहाँ बाँकी रहेका सामान स्थान्तरण गर्ने कार्य सम्भव नै भएन।’



सचिव देवकोटाले हाललाई मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट भोलिदेखि आंशिक रुपमा काम सुरु गर्ने योजना बनाएको जानकारी गराए। सामान्य तोडफोड भए पनि उक्त भवन भने जल्नबाट जोगिएको छ । उनका अनुसार सिंहदरबारमा ठाउँ मिल्यो भने पछि त्यहाँ मन्त्रालयलाई स्थान्तरण गर्ने विचार गरिएको छ ।

मुलुकले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाइसकेको छ । मन्त्रीमण्डल विस्तार गर्ने तयारी हुँदैछ । स्वास्थ्यमन्त्री नियुक्त भएपछि कार्यकक्षका लागि मन्त्रालयसँग ठाउँ पनि छैन। सचिव देवकोटाले एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरेको बताए।

‘हामी कर्मचारीहरु त एउटा हलमा बसेर काम गरौला । मन्त्रीका लागि त्यही रहेको एउटा कोठा तयार गरेका छौँ । अहिलेलाई त्यहाँ काम गर्ने र सिंहदरबारभित्र ठाउँ पाउनका लागि पहल गरिरहेका छौँ’, उनले भने ।

मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । ‘इमेलमा रहेका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने । नयाँ नेतृत्व आएपछि उहाँको मार्ग निर्देशनपछि थप काम गर्ने विचार छ।’, डा. देवकोटाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रास्वपाकी पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले राजनीतिमा नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने गरेको बताएकी छन्। उनले परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता भएको बताएकी छन्। रास्वपा परित्याग गर्दै नयाँ दल गठनको तयारीमा रहेकी श्रेष्ठले पुराना दलहरु रिफर्म होलान् र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता ...
— पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संस्थापक नेता बाबुराम भट्टराईले ‘वैकल्पिक राजनीतिक शक्ति निर्माण’ का लागि छलफल गरेका छन् । माओवादीसँग एकतामा नगई ‘प्रतिगतिशील अभियान’ सुरु गर्ने नेता जनार्दन शर्मा, सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी आर्याल, नेसपा (नयाँ शक्ति) की दुर्गा सोब, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा, उज्याले नेपालका गणेश घिसिङ ...
— सीमावर्ती भारतीय राज्य बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ । विहारमा विधानसभाको निर्वाचन ६ नोभेम्बर अर्थात आजबाट सुरु भइसकेको छ । ११ नोभेम्बर अर्थात २५ कात्तिकमा त्यहाँ दोस्रो चरणको निर्वाचन भइरहेकाे छ । उक्त निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ ...
: नेकपा एकीकृत समाजवादीबाट छुट्टिएकी नेतृ रामकुमारी झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेकी छन्। झाँक्री र निवर्तमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ बिहीबार भक्तपुरस्थित ओली निवास पुगेका हुन्। एमाले नेता महेश बस्नेतका अनुसार उनीहरू एमालेमा फर्किने तयारी गरेका छन्। नेता बस्नेतका अनुसार एमालेले कात्तिक २४ गते घर फर्किने कार्यक्रम आयोजना गर्दैछ। राष्ट्रियसभा गृहमा आयोजना ...
— सहिद स्मारक लिग ‘ए’ डिभिजन आयोजनाको माग गर्दै नेपाली फुटबल खेलाडीले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटो कम्प्लेक्स अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका लागि ११ बजेदेखि खेलाडी भएका थिए, तर उनीहरूलाई मूल गेटमै रोकिएको थियो । नेपाल फुटबल खेलाडी संघले कम्प्लेक्सभित्र प्राङ्गणमा गएर आफ्नो कुरा राख्न मागे पनि एन्फाले त्यसलाई रोकेको थियो ...