मुख्य समाचार
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै

: जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ। सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पुरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन्।

आज बिहानदेखि नै पुरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगाययका सरसामग्री नयाँ कार्यालयतर्फ लैजाने क्रम चलिरहेको थियो। पुरानै फर्निचर, सरसामग्री र उपकरणको व्यवस्थापन गरी नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयार गरिँदै छ।

आगजनी भएको पाँचौं दिन पनि सिंहदरबाको मूल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ। तोडफोड र आगजनी भएका अधिकांश मन्त्रालय परिसरमा जलेका सवारीसाधन, कागजपत्रलगायत सरसामग्री छरपष्ट छन्। यसैबीच, आगजनी र तोडफोडबाट बढी क्षति पुगेको मध्येको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारीको ठूलै सङ्ख्या स्वस्फूर्तः रूपमा सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन्। अन्य मन्त्रालयजस्तै शिक्षा मन्त्रालय परिसरमा पनि सवारी साधन जलेर ‘मानव कङ्काल’ अवस्थामा रहेका छन्।


मन्त्रालयको भूमिगत पार्किङमा राखिएका सवारी सधानमा पनि प्रदर्शनकारीले आगजनी गरेको सखाप पारेका छन्। आज बिहान ८ बजेदेखि नै सरसफाइमा जुटिरहेका मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयकै जनशक्ति खटिइएर सरसफाइ, फोहर व्यवस्थापन गरी दैनिक कार्य सञ्चालन गर्ने प्रयासको थालनी गरिएको बताए। 'सरसफाइको काम अघि बढाएका छौं। समय लाग्छ, सरसफाइ सकेर मर्मतसम्भारमा लाग्छौं,' प्रवक्ता सापकोटाले भने, 'कर्मचारीबाट जुटेर गर्न सकिनेसम्मका काम सकेसम्म गर्छौं।' आगजनीबाट कति क्षति भयो त्यसको आकलन गर्न नसक्दा क्षतिको लगत निकाल्न नसकिएको उनको भनाइ छ।

क्षतिको लगत निकाल्न एउटा टोली बनाएको र काम पनि भइरहेको उनले बताए। 'पार्किङमा राखिएका गाडी, कम्प्युटर, फर्निचर, टेलिभजन सेटमा क्षति पुगेका छन्,' उनले भने। आफैं जुटेर काम गर्दा के-कति क्षति भयो र कुन विधिबाट काम अघि बढाउँदा कार्यालय छिटो तयार गर्न सकिने उनको भनाइ छ।

संरचनागत क्षति नभएको स्थानमा कार्यालयलाई पूर्ववत् अवस्थामा ल्याउन आफूहरूले गरिरहेको कामले सहयोग पुग्ने उनको विश्वास छ। शिक्षा मन्त्रालयका कर्मचारी जुटेर अघि बढाइएको त्यस कार्यले आन्दोलनबाट प्रभावित भएका अन्य मन्त्रालय र कार्यालय सञ्चानका लागि प्रेरित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ । जेन–जीले अगुवाई गरेको आन्दोलनपछिको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिले केही पम्पहरु बन्द रहेपनि निगमले पम्पको माग अनुसार इन्धन वितरण गरिरहेको स्पष्ट पारेको छ । ‘पेट्रोलियम व्यवसायीको माग अनुसार शुक्रबार मुलुकभर ३९८९ किलोमिटर पेट्रोल, २९१६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टितेल वितरण गरेका ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी “न दाजुको न भाइको कांग्रेस कांग्रेसजनको” भनेर अगाडि बढ्नुपर्ने बताएका छन्। जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः आफ्नो जिम्मेवारीमा आउने उनले बताएका हुन्। ‘कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो । यसको लागि देशव्यापी बहश, छलफल र ...
: काठमाडौंमा जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार वीरगन्जमा अन्तिम दाह संस्कार गरिएको छ । काठमाडौंबाट शुक्रबार राति मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा –शवयात्रा निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा लगेर मुस्लिम रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो । आलमको जनाजा र अत्येष्टिमा मुस्लिम ...
: नेपाली कांग्रेस संसद विघटनको असंवैधानिक कदमका विपक्षमा रहेको जनाएको छ। शुक्रबार साँझ विकसित घटनाक्रम लगत्तै उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद विघटन सर्वोच्च अदालतको ब्याख्या विपरीत भएको र संविधान सम्मत नभएको जनाएको छ। 'संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान सम्मत विल्कुल ...
: नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले युवाहरुले नै बनाएको हुनाले युवाहरुले नै नेतृत्त गर्दै आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले नयाँ र युवा मैत्री, जनमुखी, प्रगतिशिल बनाउन संरचनागत सुधार गर्ने बताएका हुन्। ‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ। बिचको पुस्ता छ। युवा पुस्ता छ।’उनले भने, ‘हाम्रो पार्टीमा जेन्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम