मुख्य समाचार
सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा पक्राउ
सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा पक्राउ

: सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा पक्राउ गरेको छ।

कर्तव्य ज्यान, बलात्कार, लागू औषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका ती कैदीलाई धरानका विभिन्न स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।

पक्राउ परेका कैदीलाई इलाका प्रहरी कार्यालयको गाडीमा राखी झुम्का कारागार पठाइएको छ। उनीहरूलाई नेपाली सेनाले कडा सुरक्षा बीच स्कटिङ गर्दै पुनः कारागार पुर्‍याएको हो।


प्रहरी निरीक्षक ठाकुरका अनुसार फरार कैदीहरू पुनः आपराधिक गतिविधिमा संलग्न हुन सक्ने भएकाले बाँकी कैदीको खोजी कार्यलाई अझ तीव्र पारिएको छ। प्रहरी र सेनाले संयुक्त अभियान सञ्चालन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपतकालीन सेवाहरु नरोकिएको जनाएको छ । ‘श्रमसँग सम्बन्धित आपतकालिन सेवाहरु दिइरहेका छौं,’ श्रम सचिव कृष्णहरि पुष्करले इकान्तिपुरसँग भने,‘अनलाइन श्रम स्वीकृति र सामाजिक सुरक्षासँग सम्बन्धित कामहरु जारी छन् ।’ उनका अनुसार श्रम मन्त्रालयमा ठूलो क्षति पुगेको छैन । ‘मन्त्रालयको पूर्वी भागका सिसाहरु फुटाइएको छ । अन्य क्षति छैन । तीन ...
: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको अनुहारमा दाग लागेकाले ऐना पुछेर सफा नहुने बताएका छन्। शुक्रबार भिडियो सन्देशमा उनले भदौ २३ र २४ गते अकल्पनीय घटना भएको भन्दै कांग्रेस सरकारमा भएकाले सिंगो देशसँग माफी माग्नुपर्ने बताएका हुन्। उनले भने,ʻहाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा ...
: राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने उल्लेख छ। ‘मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मानव ...
। वैज्ञानिक समाजवादी पार्टी नेपालले जेनजी विद्रोहलाई प्रतिगमनमा लैजाने षडयन्त्र चरम उत्कर्षमा पुगेको जनाएको छ । सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र भइरहेको सो पार्टीको शंका छ । महासचिव आहुतिले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘महान विद्रोहलाई प्रतिगमनले खेलाउँदै यथास्थितिमा पछाडि धकेल्ने सम्भावना तीव्र भएको छ । महान् विद्रोहलाई सके ...
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ घटना र भ्रष्टचार विरुद्धमा फरक– फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा पार्टीको धारणा राख्दै भने, ‘हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ ।’ दुई दिनको प्रदर्शनमा प्रदर्शनमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम