मुख्य समाचार
ललितपुरस्थित नक्खु कारागार प्रशासनले फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध
ललितपुरस्थित नक्खु कारागार प्रशासनले फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध

: ललितपुरस्थित नक्खु कारागार प्रशासनले फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कारागार प्रशासनले कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी)लाई अविलम्ब उपस्थित भएर प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न अपिल गरेको हो।

अपिलमा भनिएको छ,ʻफरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनर्स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने भएकाले यस सम्बन्धमा सम्पूर्ण फरार कैदीबन्दीहरूलाई सचेत र सजग रहन स्मरण गराइन्छ।ʼ

कारागार प्रशासनले विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै सम्पर्क गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न अपिल गरेको छ।

ʻसाथै सम्पर्क हुन नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम भई जाने व्यहोरा अवगत गराइन्छ,ʼसूचनामा भनिएको छ,ʻयस कारागार प्रशासनले सम्पर्कमा आउने व्यक्तिहरूको हकहितको रक्षा गर्दै प्रचलित कानुनी प्रावधानअनुसार उहाँहरूको पुनर्स्थापना प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौँ।ʼ

जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते नक्खु कारागारबाट कैदीबन्दी भागेका थिए। नख्खु कारागारबाट निस्केका जनकपुर बम काण्डका आरोपी सञ्जय साह (टकला) पुनः कारागार नै फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपतकालीन सेवाहरु नरोकिएको जनाएको छ । ‘श्रमसँग सम्बन्धित आपतकालिन सेवाहरु दिइरहेका छौं,’ श्रम सचिव कृष्णहरि पुष्करले इकान्तिपुरसँग भने,‘अनलाइन श्रम स्वीकृति र सामाजिक सुरक्षासँग सम्बन्धित कामहरु जारी छन् ।’ उनका अनुसार श्रम मन्त्रालयमा ठूलो क्षति पुगेको छैन । ‘मन्त्रालयको पूर्वी भागका सिसाहरु फुटाइएको छ । अन्य क्षति छैन । तीन ...
: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको अनुहारमा दाग लागेकाले ऐना पुछेर सफा नहुने बताएका छन्। शुक्रबार भिडियो सन्देशमा उनले भदौ २३ र २४ गते अकल्पनीय घटना भएको भन्दै कांग्रेस सरकारमा भएकाले सिंगो देशसँग माफी माग्नुपर्ने बताएका हुन्। उनले भने,ʻहाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा ...
: राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने उल्लेख छ। ‘मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मानव ...
। वैज्ञानिक समाजवादी पार्टी नेपालले जेनजी विद्रोहलाई प्रतिगमनमा लैजाने षडयन्त्र चरम उत्कर्षमा पुगेको जनाएको छ । सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र भइरहेको सो पार्टीको शंका छ । महासचिव आहुतिले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘महान विद्रोहलाई प्रतिगमनले खेलाउँदै यथास्थितिमा पछाडि धकेल्ने सम्भावना तीव्र भएको छ । महान् विद्रोहलाई सके ...
: सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा पक्राउ गरेको छ। कर्तव्य ज्यान, बलात्कार, लागू औषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका ती कैदीलाई धरानका विभिन्न स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए। पक्राउ परेका कैदीलाई इलाका प्रहरी कार्यालयको गाडीमा राखी झुम्का कारागार पठाइएको छ। उनीहरूलाई नेपाली ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम