मुख्य समाचार
नवलपरासी कारागारबाट निस्किएका कैदीबन्दीहरू धमाधम फर्किन थाले
नवलपरासी कारागारबाट निस्किएका कैदीबन्दीहरू धमाधम फर्किन थाले

: नवलपरासी कारागारबाट निस्किएका कैदीबन्दीहरू धमाधम फर्किन थालेका छन्। आज मध्याह्नसम्म ३३ जना कैदीबन्दी फर्किएका छन्।

जिल्ला प्रशासन कार्यालयले कारागारमा सृजना गरिएको अराजक स्थितिलाई नियन्त्रण गर्ने क्रममा निस्केका कैदीबन्दीहरू नफर्के कानुनअनुसार कारबाही गरिने जनाएपछि उनीहरू धमाधम फर्किन थालेका हुन्। ‘शुक्रबार मध्याह्नसम्म ३२ पुरुष र १ महिला फर्किएका छन्। ‘अरूले पनि आउने भन्दै सम्पर्क गरिरहेका छन्’, कारागार कार्यालयका प्रमुख विकल श्रेष्ठले भने।

कारागारमा रहेका ५७६ कैदीबन्दीमध्ये २९ जनाबाहेक सबै निस्केका थिए। बुधबार बाहिर निस्केकामध्ये केही अदालतको आदेशले छुटेका छन् भने कारागारमा अझै ५०९ जना कैदीबन्दी बाहिर छन्। जेनजी प्रदर्शनका क्रममा कैदीबन्दीहरूले कारागारमा आगजनी र सुरक्षार्थ खटिएकामध्ये ४ सशस्त्र र २ नेपाल प्रहरीका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई कारागार कब्जामा लिएर बाहिर निस्केका थिए।


साँझ ६ बजेसम्म निषेधाज्ञा त्यसपछि कर्फ्यु

नवलपरासीमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश बिहिबारदेखि खुकुलो बनाइएको छ। हिजो जस्तै आज पनि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा र साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ।

निषेधाज्ञा र कर्फ्यु समयमा अत्यावश्यक सेवाका संस्था र पसलहरू खोल्न सकिने छ। अत्यावश्यक कामका लागि सवारी साधन सञ्चालन गर्न सकिने छ। ती सबै सेवा प्रदान र सेवा उपभोगका लागि नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपतकालीन सेवाहरु नरोकिएको जनाएको छ । ‘श्रमसँग सम्बन्धित आपतकालिन सेवाहरु दिइरहेका छौं,’ श्रम सचिव कृष्णहरि पुष्करले इकान्तिपुरसँग भने,‘अनलाइन श्रम स्वीकृति र सामाजिक सुरक्षासँग सम्बन्धित कामहरु जारी छन् ।’ उनका अनुसार श्रम मन्त्रालयमा ठूलो क्षति पुगेको छैन । ‘मन्त्रालयको पूर्वी भागका सिसाहरु फुटाइएको छ । अन्य क्षति छैन । तीन ...
: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको अनुहारमा दाग लागेकाले ऐना पुछेर सफा नहुने बताएका छन्। शुक्रबार भिडियो सन्देशमा उनले भदौ २३ र २४ गते अकल्पनीय घटना भएको भन्दै कांग्रेस सरकारमा भएकाले सिंगो देशसँग माफी माग्नुपर्ने बताएका हुन्। उनले भने,ʻहाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा ...
: राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने उल्लेख छ। ‘मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मानव ...
। वैज्ञानिक समाजवादी पार्टी नेपालले जेनजी विद्रोहलाई प्रतिगमनमा लैजाने षडयन्त्र चरम उत्कर्षमा पुगेको जनाएको छ । सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र भइरहेको सो पार्टीको शंका छ । महासचिव आहुतिले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘महान विद्रोहलाई प्रतिगमनले खेलाउँदै यथास्थितिमा पछाडि धकेल्ने सम्भावना तीव्र भएको छ । महान् विद्रोहलाई सके ...
: सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा पक्राउ गरेको छ। कर्तव्य ज्यान, बलात्कार, लागू औषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका ती कैदीलाई धरानका विभिन्न स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए। पक्राउ परेका कैदीलाई इलाका प्रहरी कार्यालयको गाडीमा राखी झुम्का कारागार पठाइएको छ। उनीहरूलाई नेपाली ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम