मुख्य समाचार
पारस खड्काले अहिलेको संवेदनशील परिस्थितिमा सबै नेतृत्व एक ठाउँमा आएर देशलाई ठूलो क्षति हुन नदिइ शान्ति र स्थिरता कायम गर्न आग्रह
पारस खड्काले अहिलेको संवेदनशील परिस्थितिमा सबै नेतृत्व एक ठाउँमा आएर देशलाई ठूलो क्षति हुन नदिइ शान्ति र स्थिरता कायम गर्न आग्रह

। नेपाली क्रिकेटका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अहिलेको संवेदनशील परिस्थितिमा सबै नेतृत्व एक ठाउँमा आएर देशलाई ठूलो क्षति हुन नदिइ शान्ति र स्थिरता कायम गर्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै अराजकता र हिंसाले देश नबनाउने उल्लेख गर्दै समाधान नेपालीबीचमै रहेको बताए।

खड्काले संयमित र एकताबद्ध भई अघि बढ्न सबैलाई आह्वान गरेका छन्।

उनले लेखेका छन् : अराजकता, हिंसा र निर्कुन्स्ताले समाज र देश बनाउँदैन। देश नै बाँकी रहेन भने, जो जसले जुन ठाउँमा जे पद वा जिम्मेवारी पाए पनि, हामीलाई धेरै गाह्रो हुने छ यो ढलेको संरचना उठाउन।शान्ति र संयमको प्रतीक भनेर चिनिने हामी नेपाली, हाम्रो यो परिस्थितिले अब सायद हामीलाई गलत पहिचानतिर धकेलीदै छ।समाधान हामीबीचमै छ, मौका नपाएर,नदिएको हो|अब सायद चेतना भएसँगै सबै नयाँ पुराना पुस्ताको सच्चम् नेतृत्वले परिवर्तन ल्याउन सुधारिएको व्यवस्थित प्रबन्ध अनि जिम्मेवारी बोक्नु पर्ने छ| हामी उहाँहरूलाई सहयोग र समर्थन गरौँ। देशमा अमूल परिवर्तनको उद्देश्यका साथ हिँड्नु भएका नयाँ र पुराना नेतृत्व सबैलाई आग्रह —सबै जना एउटै ठाउँमा आएर अहिलेको परिस्थितिलाई सम्हाली देशमा ठूलो क्षति हुन नदिई, शान्ति र स्थिरता कायम गर्न सबैलाई सहयोगको अनुरोध गर्दछु | संयमित बनौ,एकताबद्द हौ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...