मुख्य समाचार
ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको एक कार्यक्रममा गोली प्रहार गरी हत्या
ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको एक कार्यक्रममा गोली प्रहार गरी हत्या

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको बिहीबार एक कार्यक्रममा गोली प्रहार गरी हत्या गरिएको छ। घटना युटा राज्यस्थित युटा भ्याली विश्वविद्यालयमा भएको हो।

किर्क त्यहाँ ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रममा सहभागी भएका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएअनुसार, किर्क एउटा टेन्ट मुनि माइक समातेर बोलिरहेका थिए। त्यही क्रममा अकस्मात् गोली उनको घाँटी नजिकै लाग्छ, धेरै रगत बगेपछि र उनी ढल्छन्।

चार्लीको हत्यापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘साँचो महान् अमेरिकी देशभक्त चार्ली किर्कको सम्मानमा म अमेरिकाभरीका सबै झण्डा आइतबार साँझ ६ बजेसम्म आधा झुकाउन आदेश दिन्छु।’

चार्ली किर्क टर्निङ प्वाइन्ट यूएसए (टीपीयूएसए) नामक संस्था सञ्चालन गर्थे, जसमार्फत उनी विद्यालय तथा कलेजमा गएर विद्यार्थीलाई राजनीति बुझाउँथे। उनी ट्रम्पका कट्टर समर्थक मानिन्थे। हालसम्म आक्रमणकारी को हो र किन आक्रमण गरियो भन्ने स्पष्ट भएको छैन।

ट्रम्पको श्रद्धाञ्जली

ट्रम्पले ट्रुथमा लेखेका छन्, ‘महान् र साँच्चिकै असाधारण चार्ली किर्क अब यस संसारमा रहेनन्। अमेरिकी युवालाई कसैले पनि उनी जत्तिकै राम्रोसँग बुझ्न सकेन। सबैले उनलाई माया र सम्मान गर्थे, विशेषतः म।’

उनले अगाडि थपेका छन्, ‘मेलानिया र म उनको पत्नी एरिका तथा परिवारजनप्रति संवेदना व्यक्त गर्दछौं। चार्ली, हामी तपाईंलाई माया गर्छौं ।’

कार्यक्रममा उपस्थित केही व्यक्तिहरूले द गार्जियनलाई बताएअनुसार, सामूहिक गोलाबारी विषयमा प्रश्न सोधिँदै गर्दा किर्कलाई गोली हानिएको हो।

डेजरेट न्यूजकी रिपोर्टर एम्मा पिट्सले भनिन्,’पहिलो प्रश्न थियो, पछिल्ला वर्षहरूमा कति ट्रान्सजेन्डर शूटर सामूहिक गोलीबारीमा संलग्न थिए?’

किर्कले त्यसको जवाफ दिए। त्यसपछि अर्को प्रश्न आयो, ‘पछिल्ला १० वर्षमा कति सामूहिक गोलीबारी भए? यो प्रश्नको जवाफ दिंदै गर्दा गोली चल्यो।’

क्याम्पस बन्द, आक्रमणकारी फरार

घटनापछि युटा भ्याली विश्वविद्यालयको क्याम्पस बन्द गरिएको छ। विश्वविद्यालयका प्रवक्ता एलेन ट्रेनरले न्यूयोर्क टाइम्सलाई बताएअनुसार, किर्कलाई करिब १८० मिटर टाढाको भवनबाट गोली हानिएको थियो।

पहिले एकजनालाई पक्राउ गरिएको थियो तर पछि उनी आक्रमणकारी नभएको पुष्टि भयो। अहिलेसम्म वास्तविक आक्रमणकारी पक्राउ परेका छैनन्। हाल चारवटा सुरक्षा निकायले घटनाको अनुसन्धान गरिरहेका छन्।

यसअघि २०२४ जुलाई १३ मा पेनसिल्भेनियामा चुनावी सभामा ट्रम्पमाथि पनि गोली प्रहार भएको थियो। २० वर्षीय आक्रमणकारीले करिब ४०० फिट टाढाबाट ८ राउन्ड गोली चलाएका थिए। तीमध्ये एक गोली ट्रम्पको दायाँ कान छेड्दै गएको थियो। उक्त घटनापछि ट्रम्पको सुरक्षाबारे धेरै प्रश्न उठेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम