मुख्य समाचार
ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको एक कार्यक्रममा गोली प्रहार गरी हत्या
ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको एक कार्यक्रममा गोली प्रहार गरी हत्या

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको बिहीबार एक कार्यक्रममा गोली प्रहार गरी हत्या गरिएको छ। घटना युटा राज्यस्थित युटा भ्याली विश्वविद्यालयमा भएको हो।

किर्क त्यहाँ ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रममा सहभागी भएका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएअनुसार, किर्क एउटा टेन्ट मुनि माइक समातेर बोलिरहेका थिए। त्यही क्रममा अकस्मात् गोली उनको घाँटी नजिकै लाग्छ, धेरै रगत बगेपछि र उनी ढल्छन्।

चार्लीको हत्यापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘साँचो महान् अमेरिकी देशभक्त चार्ली किर्कको सम्मानमा म अमेरिकाभरीका सबै झण्डा आइतबार साँझ ६ बजेसम्म आधा झुकाउन आदेश दिन्छु।’

चार्ली किर्क टर्निङ प्वाइन्ट यूएसए (टीपीयूएसए) नामक संस्था सञ्चालन गर्थे, जसमार्फत उनी विद्यालय तथा कलेजमा गएर विद्यार्थीलाई राजनीति बुझाउँथे। उनी ट्रम्पका कट्टर समर्थक मानिन्थे। हालसम्म आक्रमणकारी को हो र किन आक्रमण गरियो भन्ने स्पष्ट भएको छैन।

ट्रम्पको श्रद्धाञ्जली

ट्रम्पले ट्रुथमा लेखेका छन्, ‘महान् र साँच्चिकै असाधारण चार्ली किर्क अब यस संसारमा रहेनन्। अमेरिकी युवालाई कसैले पनि उनी जत्तिकै राम्रोसँग बुझ्न सकेन। सबैले उनलाई माया र सम्मान गर्थे, विशेषतः म।’

उनले अगाडि थपेका छन्, ‘मेलानिया र म उनको पत्नी एरिका तथा परिवारजनप्रति संवेदना व्यक्त गर्दछौं। चार्ली, हामी तपाईंलाई माया गर्छौं ।’

कार्यक्रममा उपस्थित केही व्यक्तिहरूले द गार्जियनलाई बताएअनुसार, सामूहिक गोलाबारी विषयमा प्रश्न सोधिँदै गर्दा किर्कलाई गोली हानिएको हो।

डेजरेट न्यूजकी रिपोर्टर एम्मा पिट्सले भनिन्,’पहिलो प्रश्न थियो, पछिल्ला वर्षहरूमा कति ट्रान्सजेन्डर शूटर सामूहिक गोलीबारीमा संलग्न थिए?’

किर्कले त्यसको जवाफ दिए। त्यसपछि अर्को प्रश्न आयो, ‘पछिल्ला १० वर्षमा कति सामूहिक गोलीबारी भए? यो प्रश्नको जवाफ दिंदै गर्दा गोली चल्यो।’

क्याम्पस बन्द, आक्रमणकारी फरार

घटनापछि युटा भ्याली विश्वविद्यालयको क्याम्पस बन्द गरिएको छ। विश्वविद्यालयका प्रवक्ता एलेन ट्रेनरले न्यूयोर्क टाइम्सलाई बताएअनुसार, किर्कलाई करिब १८० मिटर टाढाको भवनबाट गोली हानिएको थियो।

पहिले एकजनालाई पक्राउ गरिएको थियो तर पछि उनी आक्रमणकारी नभएको पुष्टि भयो। अहिलेसम्म वास्तविक आक्रमणकारी पक्राउ परेका छैनन्। हाल चारवटा सुरक्षा निकायले घटनाको अनुसन्धान गरिरहेका छन्।

यसअघि २०२४ जुलाई १३ मा पेनसिल्भेनियामा चुनावी सभामा ट्रम्पमाथि पनि गोली प्रहार भएको थियो। २० वर्षीय आक्रमणकारीले करिब ४०० फिट टाढाबाट ८ राउन्ड गोली चलाएका थिए। तीमध्ये एक गोली ट्रम्पको दायाँ कान छेड्दै गएको थियो। उक्त घटनापछि ट्रम्पको सुरक्षाबारे धेरै प्रश्न उठेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...