मुख्य समाचार
एसिया कप २०२५ को आफ्नो पहिलो खेलमा भारतले युएईलाई नौ विकेटले पराजित
एसिया कप २०२५ को आफ्नो पहिलो खेलमा भारतले युएईलाई नौ विकेटले पराजित

: भारतीय क्रिकेट टोलीले एसिया कप २०२५ प्रतियोगिताको जितका साथ सुरुवात गरेको छ। एसिया कप २०२५ को आफ्नो पहिलो खेलमा भारतले युएईलाई नौ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गर्न आएको युएई ५७ रनमा अलआउट भयो।

जवाफमा भारतीय ब्याट्सम्यानहरूले केवल ४.३ ओभरमा लक्ष्य हासिल गरे।

भारतका लागि ब्याटिङ गर्दै अभिषेक शर्माले ३० रन र शुभमन गिलले २० रन बनाए। जसप्रीत बुमराह र अक्षर पटेलले तीन–तीन विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसिया कप २०२५ मा बंगलादेशले बिहीबार हङकङको सामना गरेको छ। दुई टोलीबीचको समूह ʻबीʼ को खेल अबुधाबीको शेख जायद रंगशालामा भएको हो। खेलमा बंगलादेशले हङकङलाई सात विकेटले पराजित गरेको छ। हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो। जवाफमा बंगलादेशले १४ बल बाँकी रहँदा लक्ष्य हासिल गर्‍यो। एसिया कप २०२५ ...
। नेपाली क्रिकेटका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अहिलेको संवेदनशील परिस्थितिमा सबै नेतृत्व एक ठाउँमा आएर देशलाई ठूलो क्षति हुन नदिइ शान्ति र स्थिरता कायम गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै अराजकता र हिंसाले देश नबनाउने उल्लेख गर्दै समाधान नेपालीबीचमै रहेको बताए। खड्काले संयमित र एकताबद्ध भई अघि बढ्न सबैलाई आह्वान ...
। नेपालमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आएको बंगलादेश फुटबल टोली स्वदेश फर्किएको छ । प्रतिकूल अवस्थाका कारण फर्कन नसकेको टोली बिहीबार विहान स्वदेश प्रस्थान गरेको हो । बंगलादेशी सेनाको विशेष विमानमार्फत टोली स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् । पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो मैत्रीपुर्ण खेल काठमाडौंको ...
। नेपालमा मैत्रीपूर्ण फुटबल खेल्न आएको बंगलादेश फुटबल टोली आज स्वदेश फर्कने भएको छ । जेनजी आन्दोलनका कारण राजधानी काठमाडौंसहित समग्र नेपालको अवस्था प्रतिकूल बन्दै गएपछि टोली फर्कन लागेको हो । उनीहरू अपराह्न ४ बजेको विमानमार्फत फर्कने एन्फाले जनाएको छ । आजैका लागि तय भएको दोस्रो मैत्रीपूर्ण खेल पनि एन्फाले रद्द गरिसकेको थियो । यही बीचमा बंगलादेश ...
: सोमबार देशभर भएको जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीच हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल स्थगित गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै देशमा हाल देखा परेको अवस्थालाई मध्यनजर गरी खेल स्थगित गरिएको बताएको छ। यसले फुटबल समर्थकमा परेको असुविधाप्रति भने एन्फाले क्षमाप्राथी माग्दै एक विज्ञप्ति सार्वजनिक गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम